सप्तरी नेपालको अन्न भण्डार हो । तर यहाँ राज्यले सिँचाइको व्यवस्थापन गर्न नसक्दा प्रायप्त अन्न उत्पादन हुन सकेको छैन् । अन्न भण्डार मानिए पनि धान रोपाईका लागि आकाशे पानीको भर पर्नु विडम्बना हो ।
कृषकहरु सिचाईको अभावले बर्षा कुरेर रोपाई पर्खने गरेका छन् । बर्षा भएन भने उनीहरुको खेत बाँझै रहेको कतिस्थानमा देख्न सकिन्छ । प्रयाप्त उव्जनी हुने स्थानहरुमा राज्यले सिचाईको व्यवस्था मिलाउनु पर्ने तर गर्न सकेको छैन ।
सप्तरीमा यो बर्ष ५० प्रतिशत पनि धान रोपाई हुन सकेन । सरकारका प्रमुख जिल्ला अधिकारीले गएको हप्ता पानी पार्न पूजा गरेर नाटक मञ्चन गरे । कृषकहरुका लागि सिचाई व्यवस्थापन गर्न राज्यलाई घचघचाउनुको साटो भगवानसँग पानी माग्नु कुनै चौचित्य छैन् । यो कृषकका आँखामा छारो हाल्ने काम मात्र हो ।
पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुदै आएको छ । सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत व्यवस्थापन गर्नु पर्दछ । सुख्खा क्षेत्र घोषणा गरि उचित राहत तथा नयाँ कार्यक्रम ल्याउनु पर्दछ । आगामी बर्षमा सप्तरीमा भोकमरी तिम्तने खतरालाई टार्न प्रजिअले भगवानसँग पानी माग्ने होईन, संघीय सरकारसँग बजेट ल्याएर जनतालाई राहत दिनु पर्दछ ।