धरान /  धरान फुटबल फ्यान क्लबले आयोजना गरेको रियो समर फुटबल प्रशिक्षण क्याम सम्पन्न भए लगतै कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ । गर्मी विदाको खाली समयमा विद्यार्थीहरुलाई फुटबलको प्रशिक्षण दिन आयोजना गरेको क्याम्पमा धरानका विभिन्न विद्यालयहरुका २ सय ३९ विद्यार्थी सहभागी भएको क्लबले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

धरानमा ठूला प्रतिया्गिता संचालन गर्ने क्लवहरुले प्रतियोगिताहरुको हिसवाकिताव सार्वजनिक नगरिरहेको बेला क्लवले भने सानो कार्यक्रम भए पनि हिसावकिताव सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार क्याम्पबाट क्लबलाई १८ हजार मुनाफा समेत भएको छ । विभिन्न संघ संस्था र व्यक्तिबाट १ लाख ९९ हजार ठ सय आम्दानी भएको क्लवका अध्यक्ष अशोक राईले जानकारी दिए ।
गत साउन ६ गतेदेखि १५ गतेसम्म १० दिनसम्म भएको ट्रेनिङमा राष्ट्रिय स्तरमा खेल्न सक्ने क्षमता भएका खेलाडीहरु क्याम्पमा सहभागी भएका थिए । उनका अनुसार क्लबले पहिलो पटक आयोजना गरेको फुटबल प्रशिक्षण क्याम्पमा महिला तथा पुरुषका विभिन्न उमेर समुहमा विभाजन गरिएकोमा अन्डर १२ का खेलाडीहरु अरु भन्दा प्रतिभावान रहेका छन् । प्रशिक्षक हेम गुरुङले छोटो समयमा धेरै सिप सिकाउन नसकेपनि फुटबलको आधारभूत कुराहरुको बारेमा भने सिकाएको बताए । उनीहरुलाई अन्य अवसरमा बोलार थप मजबुत बनार्यले क्लवको् सोच रहेको उनले बताए ।
यसै विच क्लवका सदस्यहरुबाट संकलन गरेर मृगौला पीडित पत्रकार प्रविण राईको उपचारका लागि ५५५५ रुपैया समेत प्रदान गरेका छन् ।