वि.सं. २०७५ साल साउन १२ गते। शनिबार। इश्वी सन् २०१८ जुलाई २८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारसंग रमाइलो भेटघाट हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । विचार गरेर निर्णय लिनु उचित होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ समाचार सुन्न पाइनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । कार्यहरू अधुरै रहला । अरूको भरपर्दा धोकामा परिनेछ । शैक्षिक क्षेत्रपनि कमजोर रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बोलीमा विचार नपुर्याउनाले मनमा अशान्ति होला । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मठ–मन्दिरको भ्रमण हुनसक्छ । सहयोगी हातहरू अघि बढ्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जोश जाँगर र हिम्मत बढ्नेछ । मनपर्ने व्यक्तिको साथ पाईएला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । रमणीय र सुखद यात्राको योग छ । कला र गलाको प्रभाव बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पतिपत्नीबीच सम्बन्धमा सुधार आउनेछ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। तिर्थाटनको योगछ । - ज्यो.प. नारायणप्रसाद दुलाल