धरान / धरान–१४ स्थित विण्डेश्वर वावाधाममा यो साउन महिनाभरी दैनिक जन चढाउन सकिने व्यवस्था वावाधाम व्यवस्थापन समितिले व्यवस्था गरेको छ । विगतमा प्रत्येक सोमबार मात्र सप्तकोशीबाट जल ल्याए चढाउने गरि व्यवस्थापन गरिएको थियो ।
सोमबारे भिडलाई मध्य नजर गरेर यसपटकदेखि श्रावण महिनाभरी नै भतmजनको निम्ति मन्दिरको ढोका खुल्ला गर्ने व्यवस्था मिलाएको वावाधाम व्यवस्थापन समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए ।
साउने सोमबारका दिनमा ढोका खुला गर्दा भक्तजनको भिड अत्यधिक हुने भएकाले लामो लाममा बस्न नपरोस भनेर साउनको हरेक दिन खुला गरिएको उनले बताए । पशुपतिनाथ मन्दिर भन्दा पुरानो पौराणिक महत्व बोकेको पिण्डेश्वर बाबाधाममा समितिले साउन १ गते विशेष रुद्राभिषेक पूजा १०८ को आयोजना गरी सकेको छ । भारतका शिवालयहरुमा पनि साउनको सवैदिन मन्दिरमा जलचलाउन खुला गरिएका हुन्छन् ।
साउन महिनामा घुम्दै धरान आउने जोसुकैले सोमबार नै कुर्न नपर्ने गरि व्यवस्थापन गरिएको समितिले जनाएको छ ।
प्हिलो सोमबार पिण्डेश्वरमा जल चढाउन सुदुरपश्चिमका कञ्चनपुर, बैतडी, दैलेख, बझाङ, सुर्खेत दाङलगायत स्थानबाट ३० गाडी भन्दा भक्तजनहरु आएको समितिका अध्यक्ष बनेपालीले जानकारी दिए । यो सोमबारसम्म २५ हजारले जल चढाएको उनले जानकारी दिए । राती १२ बजेदेखि सोमबार साँझ ६ः३० बजेसम्म भक्तजनहरुको भीड रहेको बनेपालीले बताए । यो सोमबार अन्य बर्ष भन्दा अत्याधिक भीड भएको समितिले जनाएको छ ।  सोमबार जल चढाउन यहाँ आईतबार बेलुका देखिनै लाईनमा बस्ने चलन रहेको छ ।