सुनसरी / वराहक्षेत्र नगरपालिकाले पर्यटन विकासमा १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । मुलुककै प्रसिद्ध तिर्थस्थल बराहाक्षेत्र धाम रहेको वराहक्षेत्र नगरपालिकाले एयरपोर्ट निर्माण गर्ने, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गर्नेलगायतका योजना अघि सारेको छ ।
नगर प्रमुख निलम खनालले वराहक्षेत्रलाई ‘समर सिटी’ का रुपमा विकास गर्ने गरी नगरको योजना अघि बढेको बताए । उनले पर्यटनमा विनियोजित रकम वराहक्षेत्र–१ स्थित सूर्यकुण्डमा भ्यूटावर निर्माण गर्नेदेखि कोशी किनारमा जल यातायात, रिसोर्ट, प्याराग्लाइडिङलगायतका पर्यटकीय सम्भावनालाई अघि बढाउन खर्च गरिने जानकारी दिएका छन् ।
दोस्रो नगरसभाबाट स्वीकृत योजना मङ्गलबार सार्वजनिक गर्दै नगर प्रमुख खनालले नगरपालिकाको कुल बजेट ६८ करोड ४९ लाख २७ हजार रहेको बताए ।