धरान / विद्यार्थी स्तरमै बाँस्केटवलमा अव्वल बनाउने उद्देश्यले जिल्ला बाँस्केटवल संघ सुनसरीले तीन हप्त समर बाँस्केटवल क्याम्प धरानमा संचालन गरेको छ ।
धरानस्थित डिपोट हाई स्कुलको खेलमैदानमा बुधबारदेखि क्याम्प शुरु गरेको हो । क्याम्पमा धरानका १८ वटा विद्यालयहरुका एक  सय भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको छ । विद्यालयहरुमा बर्षे विदाको मौका छोपेर संघले बाँस्केटलव प्रशिक्षण क्याम्पको आयोजना गरेको हो ।
धरान उपमहानगरपालिकाका आर्थिक सहयोगमा संचालन भएको प्रशिक्षण क्याम्पको १८ नं. का वडा अध्यक्ष प्रविणकुमार राईले उद्घाटन गरेका थिए । उद्घाटन अघि मंगलबार निधन भएका नगर प्रमुख तारा सुब्वाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
२०११ सालमा पहिलो पटक धरानबाट बाँस्केटवल नेपालमा खेल्न शुरु गरिएको धरानमा बाँस्केटवलका खेलाडी उत्पादनसँगै स्वास्थ्य र अनुसासित विद्यार्थी बनाउन प्रशिक्षण क्याम्प राखिएको क्याम्पका प्रमुख प्रशिक्षक विकास चाम्लिङराईले जानकारी दिए । गत बर्ष पनि कयम्प आयोजना गरिएको थियो । प्रशिक्षणबाट उत्पादन भएका खेलाडीहरुको उच्च शिक्षाका लागि धरानका विभिन्न विद्यालयहरुमा निशुल्क अध्ययनका लागि संघले पहल गर्दै आएको बाँस्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले जानकारी दिए । संघको पहलमा ६ जना बाँसकेटवल खेलाडीहरुलाई एम्स कलेस धरानमा निशुल्क व्यवस्था गरिएको जिल्ला बाँस्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।