रसिया / निकै रोमञ्चक खेलमा फ्रान्सले क्रोएसियालाई २ का विरुद्ध ४ गोलले हराउँदै विश्वकप फुटबलको उपाधि जितेको छ । योसँगै रुसमा एक महिनायता जारी विश्वकप फुटबल सकिएको छ। फ्रान्सले सन् १९९८ मा प्यारिसमा भएको विश्वकप जितेको थियो। फ्रान्सेली टोलीलाई नेतृत्व दिइरहेका डिडिए डेसाङ खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बनेका छन्।
क्रोएसियाले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै फ्रान्सलाई सुरुदेखिनै दबाबमा राखेको थियो। क्रोसिया स्न १३० देखिको विश्व कपमा पहिलो पटक फाईनलमा पुगेको थियो । क्रोएसियाले उपाधि नजितेपनि फाइनलसम्मको यात्रा हालसम्मकै उसको ठूलो सफलता हो। केवल ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषय व्यापक चर्चामा रहेको छ । दोस्रो भएको क्रोएसियाले २ करोड ८० लाख डलर ९ ३ अर्ब २ करोड रुपैयाँ मा चित्त बुझायो। विश्वकप विजेता फ्रान्सले ३ करोड ८० लाख डलर ९४ अर्ब १० करोड रुपैयाँ० जित्न सफल भयो।
लुका मोड्रिक बने विश्वकपका सर्वोत्कृष्ट खेलाडी

modric_kBqHp915kS क्रोएसियाका कप्तान लुका मोड्रिक २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। फिफा गोल्डेन बलको ट्रफी उचाले पनि मोड्रिकको विश्वकपको ट्रफी उचाल्ने सपना भने पूरा हुन सकेन।
गत संस्करणमा लिओनल मेसीले गोल्डेन बल जितेका थिए। यद्यपी मेसीको अर्जेन्टिनालाई फाइनलमा जर्मनीले हराएको थियो। सन् १९९४ पछि विजेता टिमका खेलाडीले गोल्डेन बल जित्न सकेका छैनन्।

१९ वर्षीय एमबाप्पे फिफा उत्कृष्ट युवा खेलाडी
Mbappe_EmPc5QIhOa यता केलियन एमबाप्पेले फिफा उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारे। उनले विश्वकपमा चार गोल गर्न सफल भए। फाइनलमा गोल गर्दै उनले सन् १९९५ मा पेलेले राखेको कीर्तिमान बराबरी गरे। पेले र १९ वर्षीय एमबाप्पे फाइनलमा गोल गर्ने टिनएजर खेलाडी हुन्।

गोल्डेन बुटको अवार्ड इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई
kane_QEvoi0IzXw यता गोल्डेन बुटको अवार्ड इंग्ल्यान्डका कप्तान ह्यारी केनले जिते। केनले विश्वकप भरी ६ गोल गरे। बेल्जियमका रोमेलु लुकाकु तथा फ्रान्सका एन्टोनी ग्रिजम्यान र एमबाप्पेले ४(४ गोल गर्न सफल भए।
बेल्जिमयका गोलकिपर थिबाउट कोउटिइसलाई गोल्डेन ग्लोभ्स को अवार्ड
thibaut_X3Rcz0RkwF बेल्जिमयका गोलकिपर थिबाउट कोउटिइस उत्कृष्ट गोलकिपर गोल्डेन ग्लोभ्स को अवार्ड जिते। बेल्जियमले तेस्रो स्थान हात पार्दा कोउटिइसको प्रदर्शन उच्च थियो।