धरान  / धरानको एम्स एकेडेमिले बाँस्केटवल खेलाडीहरुलाई निशुल्क अध्ययनको अवसर प्रदान गरेको छ । यो बर्ष एसइइ पास गरेका ६ जना बाँस्केटवल खेलाडी विद्यार्थीहरुलाई सुनसरी बाँस्केटवल संघको अगुवाईमा उनीहरुलाई कक्षा ११ र १२ का लागि निशुल्क अध्ययनका लागि सम्झौता भएको सुनसरी बाँस्केकवल संघका सचिव विकाश चाम्लिङ राईले जानकारी दिए ।
धरान बाँस्केटवल संघ र सुनसरी बास्केटवल संघको सिफारिसको आधारमा तीन जना महिलासहित ६ जनालाइ छात्रवृत्ति प्रदान गरिएको एम्स एकेडेमिका प्राचार्य मित्र तामाङ्गले जानकारी दिए ।
निशुलक अध्ययनको अवसर पाउनेहरु प्रनिसा ओझा, आस्था राई, आस्मा भुजेल, एमन राई, एलिन रसाइलि र अर्जुन कटुवाल रहेका छन् ।
बाँस्केटवल संघले विद्यार्थी खेलाडीहरुलाई यसखालको छात्रवृत्ति सुविधा धरानमा दश वर्ष अघि देखि दिंदै आइरहेको जिल्ला बाँस्केटवल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
मंगलबार एम्स एकेडेमिको हलमा आयोजित कार्यक्रममा एकेडेमी अध्यक्ष अनुप योन्जन, जिल्ला फुटवल संघ उपाध्यक्ष नविन राई, युवा नेता दिपक वनेपालिलगायतको उपस्थिती रहेको थियो । तस्विरः शिसिर राई