काठमाडौं / पाँच पटकको विश्व विजेता ब्राजिल २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलखेलबाटै बाहिरिएको छ। ब्राजिललाई बेल्जियमले २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। बेल्जियम ३२ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब बेल्जियमले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ । खेलको सुरुवातमै ब्राजिलले अग्रता लिने अवसर गुमाएको थियो। कर्नर बलमा थियागो सिल्भाको हेडर पोलामा लागेर फर्किएको थियो। त्यसपछि ब्राजिल दबाबमा आउदा ३१ मिनेट भित्र २ गोल खाएको थियो। इन्जुरी टाइमको अन्तिम मिनेटमा नेइमारको उत्कृष्ट प्रहारलाई बेल्जियमका गोलकिपरले बिफल पारिदिदा ब्राजिल भाग्य विग्रियो ।
दुई पटकको विश्वविजेता उरुग्वे फ्रान्ससँग पराजित

दुई पटकको विश्वविजेता उरुग्वेलाई पराजित गर्दै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सले उरुग्वेमाथि २-० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। छैटौं पटक विश्वकपको सेमिफाइनलमा फ्रान्स पुगेको छ ।