वि.सं. २०७५ साल असार २१ गते। बिहीबार। इश्वी सन् २०१८ जुलाई ५ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– सप्तमी, २०:०८ बजेउप्रान्त अष्टमी।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । साथीभाईसंग समय बित्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक सद्भाव बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जाला । न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कला र गलाको प्रभाव बढ्नेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमणीय र सुखद यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर व्यवहारमा झमेला रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेको कार्यमा अवरोध आउला । सामान हराउने वा नष्ट हुने योगछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलीको भरमा कार्य सम्पादन हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । घरमा अतिथीको आगमन हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । प्रेममा विवाद रहला । मनमा दुविधा उत्पन्न हुनेछ । फितलो यात्रा हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक यात्राको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । - ज्यो.प.नारायणप्रसाद दुलाल