धरान / धरान उपमहानगरपालिकाको १७ नं. वडा फोक्ल्याण्डा टापुका अधिकांश वासिन्दाहरुमा नसर्ने रोगको उच्च जोखि रहेको एक सर्वेले देखाएको छ ।
२५० घरमा गरिएको अध्ययनमा ४८ प्रतिशतलाई उच्च रक्तचाप, मधुमह, क्यान्सर, मानसिक समस्या र स्वास प्रस्वासमा समस्या भएको पाईएको छ ।
विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एमएसी नर्सिङ मानसिक स्वास्थ्य, सामुदायिक स्वास्थ्य विषयका चिकित्सकहरुको ७ जनाको टोलीले गरेको सर्भेबाट यस्तो पत्ता लागेको हो ।
अनुसन्धानकर्ता रेनु अधिकारीका अनुसार १२३ जना व्यक्तिमा अनुसन्धान गर्दा ३८ प्रतिशतले जाँड रक्सी खाने, चुरोट प्रयोग गर्ने पाईएको छ । उनीहरुमा सुगर, प्रेस, कालेस्टोल, मानसिक रोगजस्ता समस्या भए पनि त्यसबारे अनभिग्य रहेको पाईएको अनुसन्धानमा सहभागी सरिता भण्डारीले जानकारी दिईन ।
धरान जस्तो सुगम उपमहानगरपालिका भित्र पनि यस्तो स्वास्थ्य सम्बन्धि समान्य चेतना नहुनु समस्याको विषय भएको उनीहरु बताउछन् ।
उनीहरुका अनुसार नजिकै शहरी स्वास्थ्य क्लिनिक, विपी प्रतिष्ठान जस्ता सरकारी स्वास्थ्य केन्द्रहरु भए पनि स्वास्थ्यबारे समुदाय सम्म जनचेतना नभएको पाईएको सर्वेमा संलग्न सरिता भण्डारी बताउछिन् ।
’हामीले सुगर, प्रेस, कालेस्टोल, मानसिक रोगजस्ता समस्याबाट धेरै जना पीडित भएको पायौ । यसको कारणबारे खोजी पनि ग¥यौ ।’–भण्डारीले भनिन–‘जनजातीहरुको बसोवास रहेको सुकुम्वासी बस्तीमा आफै रक्सी उत्पादन गर्ने र प्रयोग यसको मुख्य कारण पायौं ।’ यस्तै धुमपान पनि प्रमुख नसर्ने रोग लाग्ने कारण हो । १७ नंं वडामा ४ सय घर घुरी मध्य २५० मा गरिएको सर्वेमा २ प्रतिशत अझै पनि सुत्केरी गराउन अस्पताल जादैनन् । ४८ प्रतिशत व्यक्तिहरु मांसाकारी रहेका छन् । यहाँका स्थानीय व्यक्तिहरु घरायसी काममा व्यस्त हुने तर शारिरिक व्ययाम नगर्ने गरेको पाईयो । उक्त वडाको जनसंख्या ५९० महिलासहित गरेर ११६७ रहेको छ । २० बर्षदेखि ५९ बर्ष उमेर समुहबाट १२३ जना सम्पल लिएर सर्भे गरिएको थियो ।
‘अल्कोहलको प्रयोग, धुमपान सेवन र शारिरिक व्यायाम नगर्दा नै नसर्ने रोगको बढि जोखिख हुन्छ ।’– सर्भेमा संलग्न रेणु अधिकारीले भनिन–‘यहाँका स्थानीयवासीको स्वास्थ्यस्थिति गम्भीर छ ।’
उनीहरुले स्थानीयको खानपान, कुलत, चर्पीको प्रयोग, खानेपानी, परिवार नियोजनको अस्थायी साधानको प्रयोग, सुरक्षित मातृत्वलगायत विषयमा अध्ययन गरेका थिए ।
अध्ययन टोलीमा रेनुका अधिकारी, उपासाना भण्डारी, रस्मी साखा, सृर्जना सिवाकोटी, प्रिती सापकोटा, अनुपमा पोखरेल र सरतिा भण्डारी रहेका थिए । उनीहरुले ३ हप्ता लगाएर सर्भे गरेका थिए ।
स्वास्थ्यमा करोडौ लगानी अर्थहिन
सरकारले स्वास्थ्य क्षेत्रमा करोडौ लगानी गरेको छ । धरान उपमहानगर मातहतमा उक्त वडामा पनि शहरी स्वास्थ्य क्लिनिक छ । उपमहानगरले स्वास्थ्य स्वयमसेविका पनि खटाएको छ । तर शहरको भित्र पाटोमा स्वास्थमा पहुच पुग्न सकेको छैन् । सर्वेमा संलग्न भण्डारीका अनुसार सरकारले दिएको निशुल्क औषधी, निशुल्क प्रशुति सेवा, निशुल्क अस्थायी परिवार नियोजनका साधान पाईने बारे बेखवर रहेको पाईयो । ६४ प्रतिशतले अस्थायी साधान प्रयोग गरेको तर निजी क्लिनिकहरुमा किनेर प्रयोग गर्ने गरेको पाइएको भण्डारीले बताईन ।
जनचेतनाका लागि शिविर
उक्त अनुसनधान टिमले उक्त क्षेत्रमा भएको स्वास्थ्य समस्याबारे जानकारी दिन र समस्याबाट बच्न विहीबार धरान–१७ स्थित दिपेन्द्र स्मृति प्राथामिक विद्यालयमा जनचेतना शिविर संचालन गरेका छन् । शिविरमा जाँडरक्सी, धुमपान सेवनबाट हुने असर, क्यान्सर, मधुमेय, मानसिक रोग, उच्च रक्त चाप हुने कारण, बच्ने तरिकाबारे स्थानीयलाई जानकारी गराएका छन् । शिविरमा ८० जना स्थानीयले जानकारी लिएका थिए । शिविरमा सामाजिक स्वास्थ्य विमाबारे समेत जानकारी गराइएको थियो ।


36425296_10216489366087660_7586773125216337920_n