• अन्सार अन्सारी

इनरुवा / सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका वडा नं ६ घुस्कीका सामुदायिक तथा मदराशाका वालबालिकाहरुलाई बुधबार पोषण तथा स्वास्थ्य सम्बन्धि जनचेतना मु्लक शिक्षा दिएको छ ।हरिनगर गाउँपालिका वडा नं६ घुस्की वडा कार्यालयको सहयोग र नागरिक अधिकार संरक्षण मञ्च सुनसरीको आयोजनामा कस्मिया मदर्शा र भगवती आधारभूत विद्यालयका बालबालिकाहरुलाई पोषण तथा स्वास्थ्यको अवस्थामा सुधार ल्याउनका लागि जनचेतना मुलक शिक्षा दिएको हो ।दक्षिणवर्ती भारतीय सिमासंग जोडिएको ग्रामिण वडाका बालबालिकाहरुमा पोषिलो खानपानको अभावमा शारिरीक, मानसिक वृद्धि विकास हुन नसकी पढाईका आलाबा विभिन्न क्षेत्रमा पछाडी पर्ने भएको हुँदा जानकारीको लागि शिक्षा दिएको जनाइएको छ ।
पोषणका लागि अन्न, गेडागुडी, हरियो साजसब्जी तथा पशुजन्य स्रोतबाट पाप्त हुने खानपिनमा ध्यान दिनु पर्ने र व्यक्तिगत सरसफाई, छ महिनामा जुकाको औषधिको सेवन, समय समयमा स्वास्थ्य परिक्षण लगायतका विषयमा प्रशिक्षण गरिएको थियो । कार्यक्रममा प्रशिक्षक सुकदेब चौधरी र स्वास्थ्य चौकी बसन्तपुरका इन्चार्ज देवनारायण साहले सहजीकरण गरेको आयोजक संस्थाका लुकमान अंसारीले जानकारी दिए ।
सोही कार्यक्रममा वडा सचिव समिम अंसारीले बालबालिकाहरु बढने उमेरका भएको हुँदा खानपिन तथा स्याहार सुसारमा ध्यान पु¥याउनु पर्ने विचार राखेका थिए ।वडा सदस्य दाउद अंसारीले यस वडाका बालबालिकाहरुको स्वास्थ्य तथा पोषणका सुधार गर्नमा घर परिवार तथा सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताए । सो जनचेतना मुलक शिक्षा कार्यक्रममा मदर्सा र विद्यालयमा ७० जना बालबालिकाहरुको उपस्थिती रहेको थियो ।