धरान / मृगौला पिडित धरान १५ निवासी विकि राईलाई उपचारका लागि आथिृक सहयोग प्रदान गरिएको छ । धरान–१५ स्थित राम लक्ष्मण टोल विकास समितिले राईको उपाचार्थ नगद ५० हजार रुपैया सहयोग गरेको हो ।
उनलाई टोल विकास समितिका अध्यक्ष रमेश गजमेरले सहयोग रकम हस्तान्तरण गरेका थिए । राम लक्ष्मण टोल विकास समितिले धरान १५ वडामा पर्ने टोलवासीहरु वाट घरदैलो गर्दै सहयोग रकम संंकलन गरेर सहयोग हस्तान्तरण गरिएको समितिका अध्यक्ष रमेश गजमेरले जानकारी दिए ।
उसु खेलाडी विगत दश वर्ष देखि स्वयंमसेवक प्रशिक्षकको रुपमा काम गर्दै आइरहेका थिए । उनको गत कार्तिक महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि थलिएका छन् । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डायलासिस गराइसकेको विकिलाई चिकित्सकहरुले मृगौला प्रत्यारोपन गर्नु पर्ने बताएका छन् । प्रत्यारोपनको लागि भारतको चेन्नइ जाने उनले जनाएका छन् । अहिले सम्म १२ लाख रुपैया खर्च भइसकेको र पत्यारोपण गर्न थप २० लाख रुपैया खर्च लाग्ने उनले बताइएको छ । स्वयसेवक प्रशिक्षण गर्दै आएका राईलाई उपचारमा समस्या भएको छ । राज्यले उनले प्रशिक्षण गरे वापत कुनै सेवा सुविधा दिएको छैन् ।
उसु संंघलगायत अन्य खेलका संघ संस्था र प्रशिक्षकहरुले केहि रकम सहयोग गरेता पनि राष्ट्रिय खेलकुद परिषदले केहि पनि सहयोग नगरेकोमा उनको गुनासो छ । ‘खेलाडी हुँदा आफ्नै खर्चमा खेलियो, प्रशिक्षक प्रशिक्षण तालिम आफ्नै खर्चमा गरियो, करिव १० वर्ष निशुल्क स्वयंसेवक प्रशिक्षक भएर सेवा गरियो तर राज्यले खेलाडी हुदा पनि दिएन, प्रशिक्षक हुदा पनि दिएन ।’–राईले भने–‘अहिले रोग लाग्दा घरको न घाटको भईयो ।’