धरान / विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा स्पेन र रुस तथा उरुग्वे र पोर्चुगलविच प्रतिस्पर्धा हुने भएको छ । समुह ुएु र ुबीुको सबै खेल सकिएसंगै प्रि–क्वाटरफाइनलमा भेट हुने टिमको टुङ्गो लागेको हो ।
सोमबार राती भएको समुह ए को अन्तिम खेलमा रुसलाई ३–० ले हराउँदै उरुग्वे समुह विजेताका रुपमा अन्तिम १६ मा पुग्दा रुस उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
यस्तै समुह बी बाट भने मोरक्कोसंग २–२ गोलको बराबरी खेलेपनि समुह विजेता बन्दै स्पेन प्रि–क्वाटर फाइनलमा पुग्यो पोर्चुगल इरानसंग १–१ को बराबरी खेल्दै समुह उपवितेजाको रुपमा अन्तिम १६ मा पुगेको छ ।

अब आगमी असार १६ गते समुह ए को विजेता उरुग्वे र समुह बी को उपविजेता पोर्चुगलबीच भिडन्त हुनेछ । यी दुई देशबीचको खेल राती ११ः४५ मा हुने छ ।

समुह ए को उपविजेता रुस र समुह बीको विजेता स्पेनबीचको खेल भने असार १८ गते हुनेछ । यी दुई देशको खेल बेलुका ७ः४५ मा हुनेछ ।

समूह बीका दुवै खेलको परिणाम अन्तिम समयमा परिवर्तन हुदा समूह विजेताको हकमा स्पेन भाग्यमानी भएर उदाएको छ । खेलको अन्तिम मिनेटमा लागो आसपासले गरेको गोल रेफ्रीले अफसाइड दिए पनि भिडियो रेफ्रीले मान्यता लिएपछि स्पेनले २–२ को बराबरी गर्न सफल भएको थियो ।
यता पोर्चुगल र इरानको खेलमा भने पोर्चुगल घाटा गएको छ । पोर्चुगल जिततर्फ उन्मुख थियो । तर, ६ मिनेटको इन्ज्यूरी समयको तेस्रो मिनेटमा भिडियो असिस्टेन्ट रेफ्रीले इरानलाई पेनाल्टी अवसर दिए । जहाँ करिम अन्सारीफार्डले बराबरी गोल गरे । यस समूहबाट मोरक्को र इरान बाहिरिएका छन् ।
आजको खेल समुह सी अन्तर्गत अस्ट्रेलिया र पेरु विच नेपाली समय अनुसार राती ८ः४५ बजे हुने छ ।
डेनमार्क र फ्रान्स विच राती ८ः ४५ बजे, नाइजेरिया र अर्जेन्टिना विच पनि ८ः ४५ नै हुने छ । यस्तै आइसल्यान्ड र क्रोएसिया विच ११ः४५ बजे हुने छ ।