वि.सं. २०७५ साल असार १२ गते। मंगलबार। इश्वी सन् २०१८ जुन २६ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– त्रयोदशी, ६:४९ बजेउप्रान्त चतुर्दशी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो विचार विपरित निर्णय हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । घर व्यवहारको समस्याले सताउनेछ । बन्न लागेको काम विग्रिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकका व्यक्तिबाट धोका पाईन सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउनेछ । पैतृकसम्पत्तिमा विवाद आउला । सोचे भन्दा धेरै खर्च हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अचल सम्पत्ती हात पर्ने योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । चिट्ठा, वा लटरी बाट आय हुने सम्भावना छ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रोजगारको अवसर मिलनेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । बोलीको प्रभाव वढ्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । भूमि लाभ रहला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । पारिवारिक सहयोग मिल्ला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेकोे र ताकेको कार्य पुरा होला । बोलीको भरमा कार्य सम्पादन हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । भौतिक साधन जुटाउने समय छ । - ज्यो.प. नारायणप्रसाद दुलाल