काठमाडौँ / रसियामा जारी विश्वकप फुबटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले अंक बाँडेका छन् । 
विश्वकपको समूह ‘सी’ अन्तर्गतको तेस्रो खेलमा डेनमार्क र अष्ट्रेलियाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 
खेलमा पहिलो अग्रता भने डेनमार्कले लियो । खेलको सातौँ मिनेटमै क्रिस्टियन एरिक्सनले एक गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यस्तै अष्ट्रेलियाले खेलको ३८ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल फर्काएपछि खेल एकएक बारबरीमा टुङ्गियो । अष्ट्रेलियका लागि मिले जेडिनाकले गोल गरेका थिए । 
यो खेलसँगै डेनमार्कको जारी प्रतियोगितामा चार अंक भएको छ भने अष्ट्रेलियाको एक अंक छ । डेनमार्कले आफ्नो पहिलो खेलमा पेरुलाई शुन्यका विरुद्ध गोलअन्तरले हराएको थियो । 
त्यस्तै यता अष्ट्रेलिलया भने फ्रान्ससँग दुईका विरुद्ध एक गोलअन्तरले पराजित भएका थिए ।