धरान / धरानको आन्तरिक पर्यटन क्षेत्रको विकास तथा पर्वद्धनका लागि धरान उपामहानगरपालिकाले पर्यटन विकास समितिले धरान वडा २० मा पर्ने वावु डाडा (चिन्डो डाडा) टोड्केमा भ्युटावर बनाउने भएको छ ।
धरान उपमहानगरपालिका पर्यटन विकास समितिले यस क्षेत्रको आसपास क्षेत्रलाइ पनि पर्यटन स्थलको रुपमा विकास तथा पर्वद्धन गर्ने योजना अनुरुप भ्यु टावर बनाउन लागेको हो ।
समितिले वावु(चिन्डो)डाडा देखि केहि माथि उत्तर तर्फ तीन तलाको भ्यु टावर वनाउन जग्गा घेरावार गरि सकेको छ । टावरको नक्सा समेत तयार भइसकेको र अव आउदो नयाँ वजेटमा समाबेश गरि निर्माण शुरु गरिने समिति सहसंयोजक किशोर थुलुङ्गले जानकारी दिए ।

धरानको भानुचोकदेखि करिव ७ किलोमिटर टाढा मात्र पर्ने वावु(चिन्डो)डाडामा अहिले धरान र धरान वाहिरवाट घुम्न आउने आन्तरिक पर्यटनको घुइचो हुने गरेको छ । धरानेहरुले उक्त क्षेत्रलाई पदमार्ग समेत बनाएका छन् । चौविसै घण्टा चिसो मौसम हुने यस डाँडाबाट धरानको मनोरम दृश्य देखिन्छ । धरानको पुरा दृष्य यहाँबाट देखिन्छ । रातको समयमा इटहरी, इनरुवा, चतरा लगायत तराईको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । यहाँ नियमित आगान्तुकहरु क्याम्प फायर गरेर वस्ने गरेकोे स्थानिय कमल पाख्रिनले बताए ।
धरान उपमहानगरपालिका प्राविधिक टोलिसहित वुधवार वाघखोप देउरालि स्थित धरान उपमहानगरको स्वमित्वमा पर्ने जग्गाको अवलोकन समेत गरेको छ । वाघखोपमा गोल्डेन शान्ति स्तुपा वनाउने योजना अनुसार उक्त क्षेत्र अवलोकन गरिएको पर्यटन सहसंयोजक किशोर थुलुङले बताए ।। निर्माण स्थल वरपर रहेको जग्गा धनि तथा सरोकारवालाहरु संग सहकार्य गरेर मात्र निर्माण थालनि गर्ने धरान वडा २० का अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रवतmा मनिराम राईले बताए ।