धरान / २०१८ फिफा विश्वकपमा जापानले मंगलबार भएको समूह एच को खेलमा जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई २–१ गोल अन्तरले  पराजित गर्दै  जित हात पारेको छ ।
जितसँगै जापान दक्षिण अमेरिकी टिमलाई विश्वकपमा पराजित गर्ने पहिलो एसियन टिम बनेको छ। यस्तै जापानले गत विश्वकपमा कोलम्बियासँग हात पारेको ४–१ गोलको बदला समेत लिएको छ। यस्तै जापानले कोलम्बियालाई पहिलो पटक पराजित गर्दै अर्को इतिहास रचेको छ ।

खेलको सुरुवातमै कोलम्बिया १० खेलाडीमा सीमित बनेको थियो। डिबक्स भित्र ह्यान्ड गरेपछि कोलम्बियाका सान्चेजले सिधा रातो कार्ड पाएका थिए। त्यसपछि प्राप्त पेनाल्टीमा जापानका सिन्जी कागावाले गोल गर्दै जापानलाई जितको बोटो पु¥याए ।

१० खेलाडीमा सीमित हुनुका बावजुद कोलम्बियाले ३९ मिनेटमा बराबरी गोल फर्काउन सकेको थियो । डिबक्स नजिक पाएको फ्रिकिकमा क्युन्टेरोले गोल गरे ।
७३ मिनेटमा ओसाकोले हेडमार्फत गोल गरेर जापानलाई दोस्रो गोल गर्दैं टिमलाई अग्रता दिए । उनले कर्नरबाट प्राप्त बलमा गोल गरेका थिए। गत विश्व कपमा हार व्यहोरेको जापानले ऐतिहासिक जित हात पारेको छ ।