धरान / उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको छ । खेलमा ब्राजिलले सुरुवाति अग्रता पनि लिएको थियो । २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए । प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । तर, ५० औं मिनेटमा स्टीभन जुवेरले बराबरी गोल गरेका छन् । यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्णविराम लगाएको छ । समूह ईमा रहेको दुबै टोलीले अब सर्विया र कोष्टारिकासँग खेल्न बाँकी छ ।
डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमै पराजित

ger__mez_7_Nh7dEDfuTq 2
२०१८ फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमै पराजित भयो । समूह एफ को खेलमा जर्मनीलाई मेक्सिकोले १(० गोलले पराजित गरेको हो खेलको ३५ मिनेटमा मेक्सिकोले अग्रता लियो। उसका लागि हिर्भिङ लोजानोले गोल गरे। काउन्टर आक्रमणमा भेलाले हर्नान्डेजलाई पास दिएका थिए। हर्नान्डेज लोजानोलाई पास दिए र उनले सुन्दर फिनिसिङ गरे। पहिलो दुवै टिमले उत्कृष्ट खेल पस्किएका थिए। जर्मनीले बल पोजिसनमा खेललाई नियन्त्रणमा लिएपनि काउन्टर आक्रमणमा मेक्सिको सफल भयो।
पहिलो हाफमा जर्मनीका टोनी क्रुसको प्रहार क्रसबारमा लागेको थियो। दोस्रो हाफमा जर्मनीले बल नियन्त्रणमा लिएपनि फिनिसिङमा पटकपटक चुकेको थियो। जर्मनी १९८६ पछि विश्वकपको पहिलो खेलमा पराजित भएको पहिलो पटक हो। त्यतिबेला जर्मनीलाई उरुग्वेले १(१ गोलको बराबरीमा रोकेको थियो।
कोलारोभले फ्रिकिकमार्फत गरेको उत्कृष्ट गोल 

kolalov_SP7lXTlu9y.jpg.405x290_q70_crop
यता आइृतबार भएको पहिलो खेलमा सर्वियाले विजयी सुरुवात गरेको छ। समूह ुईु अन्तर्गतको खेलमा सर्वियाले कोस्टारिकालाई १–० गोलले पराजित गरेको हो। सर्वियाको जितमा कप्तान अलेक्जेन्डर कोलारोभाले निर्णायक गोल गरे। उनले ५६ मिनेटमा फ्रिकिकमार्फत लोभलाग्दो गोल गरेका थिए। कोलारोभले देब्रे खुट्टाले प्रहार गरेको फ्रिकिकलाई ‍कोस्टारिकाका गोलकिपर नाभासले रोक्ने कुनै मौका नै पाएनन्।