पहिलो खेलमा कोष्टारिका र सर्बिया

रुस /  विश्वकपको चौथो दिन, आज पहिलो खेलमा , ‘कोष्टारिका र सर्बिया मैदानमा उत्रदै छन्। दक्षिण अमेरिकी राष्ट्र कोष्टारिका र युरोपियन राष्ट्र सर्बियाबीचको खेल समारा रंगशालामा हुनेछ । नेपाली समय अनुसार बेलुका ५:४५ मा सुरु हुने छ ।
विश्वकपमा पाँचौ पटकको सहभागीता हो कोष्टारिकाको । कोष्टारिका ब्राजिल विश्वकपको प्रदर्शन भङ्ग गर्न चाहन्छ । तर, विश्वकपमा लामो इतिहास बोकेको सर्बियाविरुद्ध कोष्टारिकालाई पहिलो खेलमै परीक्ष पनि हुने अनुमान गर्न सकिन्छ ।

कोष्टारिकाले सन् २०१४ को ब्राजिल विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसअघि सन् २००२ र २००६ मा समूह चरणबाटै बाहिरिएको कोष्टारिकाले सन् १९९० को विश्वकपमा भने अन्तिम १६ को यात्रा गरेका थिए ।

इंग्ल्यान्ड, इटाली र उरुग्वे जस्ता ठुला राष्ट्र रहेको समूहबाट ब्राजिल विश्वकपमा कोष्टारिकाले गरेको उक्त प्रदर्शन लोभलाग्दो थियो । तर, कोष्टारिकाको पछिल्लो लय त्यति राम्रो छैन । पछिल्ला मैत्रीपूर्ण खेल कोष्टारिकाले गुमाएको छ । विश्वकपको पहिलो खेलमा भने कोष्टारिका त्यस्तो खराव प्रर्दशनबाट सुरक्षित हुने चाहेको छ ।

यता, विश्वकपमा लामो इतिहास बोकेको सर्बिया रुसमा आफ्नो छुट्टै छाप बनाउन चाहन्छ । १२ औं पटक विश्वकप खेल्दै गरेको सर्बिया यसको आठ बर्षपछि विश्वकपमा आगमन हो । युगोस्लाभियाबाट छुट्टिएपछि भने सर्बियाको यो दोस्रो विश्वकप हो ।
विश्वकप इतिहास हेर्ने हो भने दक्षिण अमेरिकी राष्ट्रविरुद्ध सर्बियाको प्रदर्शन गर्विलो छ । युगोस्लाभियाकै रुपमा विश्वकप खेल्दा सर्बियाले तीन दक्षिण अमेरिकी राष्ट्रसँग खेलेको थियो । जसमा सवै खेल युगोस्लाभियाले जितेको छ ।

कोष्टारिकाविरुद्ध मैदान उत्रदा सर्बिया आफ्नो इतिहासलाई कायम राख्न चाहन्छ । र, सर्बियालाई युरोपियन लिग फुटबलमा जमेका खेलाडीको साथ पनि छ ।


दोश्रो  खेलमा जर्मनी विरुद्ध मेक्सिको

विश्वकप छनोटमा जर्मनीको खेल उत्कृष्ट थियो । सवै १० खेलमा उसले जित निकालेको थियो । ऐतिहासिक प्रर्दशन गर्दै उसले ४३ गोल गरेको थियो । जसमा विभिन्न २१ खेलाडीले गोल गरेका थिए ।

ब्राजिलपछि विश्वकपमा सबै भन्दा सफल टिम जर्मनी मानिन्छ । । सर्वाधिक ५ पटक उपाधि उचालेको ब्राजिल रेकर्ड बराबरी गर्ने अवसर जर्मनीलाई छ ।
यता, मेक्सिकोलाई एउटा चुनौतीपुर्ण कामले प्रतिक्षा गरिरहेको छ । गत बर्ष भएको कन्फेडेशन कपको सेमिफाईनलमा जर्मनीको बी टिमले उसलाई ४–१ ले पराजित गरेको थियो ।
मेक्सिकोका कोलम्बियन प्रशिक्षक जुवान कार्लोसले टोलीमा अनुभवी खेलाडीलाई सामेल गरेका छन् । मेक्सिको टोलीका १३ खेलाडीले राष्ट्रिय टिमको जर्सीमा ५० खेल खेलिसकेका छन् ।

सन् १९८५ मा मेक्सिकोले एक पटक जर्मनीलाई हराएको छ । विश्वकपमा दुवै टोली चौथो पटक भिड्न लागेका हुन् । विश्वकपका यसअघिका तीनवटै खेलमा जर्मनी विजयी बनेको रेकर्ड छ ।
 तेश्रो खेलमा ब्राजिल भर्सेस स्विजरल्याण्ड

ब्राजिलले चार बर्ष अगाडी घरेलु मैदानमा जर्मनसंग हार ब्यहोरेको थियो । ब्राजिली प्रशिक्षक टिटेको पछिल्ला विश्वकप खेलेका नेयमारसहित ६ खेलाडी मात्र समावेश छन् । ब्राजिली टिमको एक रमाईलो पक्ष भनेको उसको आक्रमण पक्षसंगै डिफेन्स समेत बलियो छ । जसले पाँच पटक विश्वबिजेता टोलीको सवलता देखाउदै आएको छ ।
स्ट्राईकर नेयमार चोट मुक्त हुदै मैदान फर्किएका छन् । स्विजरल्याण्डविरुद्धको खेलमा उनी पहिलो रोजाईमा मैदान उत्रने छन् । विश्वकप तयारीको अभ्यास खेलमा उनले अष्ट्रेलियाविरुद्ध पहिलो रोजाईमा मैदान छिरेका थिए ।
ब्राजिलका लागि सुखद पक्ष भनेको उसले विश्वकपको पहिलो खेलमा अहिलेसम्म हारेको छैन । सबै संस्करणको विश्वकपमा सहभागि एकमात्र टोली ब्राजिलले रुसी विश्वकपमो सोही इतिहासलाई दोहोर्याउने मुडमा छ ।
यता, स्विजरल्याण्डले पछिल्ला २२ खेलमा मात्र एक पटक हारेको छ । उसका मुख्य खेलाडीहरु ग्रानिट जाका र जेदान साकिरी खेलमा उपलब्ध छन् । स्विजरल्याण्डका प्रशिक्षक भ्लादिमिर पेटकोभिकले विश्व वरियताको छैटौ स्थाममा रहनु आफ्नै बलियो पक्ष मान्छन् ।

छनोटको १० खेलमा ९ खेल जितको स्विस टोलीले प्लेअफमा पर्न कठिन यात्रा तय गर्न पर्यो । उसले प्रतियोगितामा स्पेनसंग १–१ गोलको बराबरी खेलेको थियो भने पछिल्लो खेलमा जापानलाई २–० ले हराएको थियो । एजेन्सी