वि.सं. २०७५ साल असार ३ गते। आइतबार। इश्वी सन् २०१८ जुन १७ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– चतुर्थी, १६:२४ बजेउप्रान्त पञ्चमी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । स्वास्थ्य विग्रिएला । आर्थिक कारोवारमा बिवाद आउनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पार्टी तथा सेमिनारमा सहभागी भईएला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेका कार्यमा ढिलासुस्ती हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । अविश्वाश उत्पन्न हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । पारिवारिक सहयोग मिल्ला । दिनको उत्तरार्ध सुखद रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा दुविधा उत्पन्न हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सहकर्मी बाट विरोध आउला । चोटपटकको भयछ सचेत रहनुहोला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाईसंग समय बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारको अवसर मिलनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा दुविधा उत्पन्न हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । मानसिक चिन्ता वढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद यात्राको योग छ । आकस्मिक धन लाभ हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । बौद्धिकताको विकास हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेकोे र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लाभदायक यात्रा होला । - ज्यो.प. नारायणप्रसाद दुलाल