विश्वकप जित्ने चाहना राखेका चर्चित आर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीले प्रतियोगितामा खराब सुरुवात भएको छ । पहिलोपटक विश्वकप खेलिरहेको आइसल्याण्डविरुद्ध शनिवार भएको खेलमा मेस्सी पेनाल्टीमा गोल गर्न चुके।
अनि आश्चार्यजनक रुपमा आर्जेन्टिनालाई आइल्याण्डले १-१ गोलको बराबरीमा रोक्यो। आफ्ना पुराना प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले जारी विश्वकपको पहिलो खेलमा देखाएको शानदार प्रदर्शनको हाराहारीको खेल देखाउन खोजेको ठानिएको थियो। तर आफ्नो टोलीका लागि 'नायक' हुनको साटो उनी 'खलनायक' हुन पुगे।
खेलको दोस्रो हाफमा मेस्सीले प्रहार गरेको पेनाल्टी आइल्याण्डका गोलकिपर हान्स हल्डोर्सनले सजिलै रोकिदिए। आर्जेन्टिनासँगको बराबरीको खेल पहिलोपटक विश्वकप खेलिरहेको सबैभन्दा सानो मुलुकका लागि ठूलो विषय थियो। आइसल्याण्डले निकै अनुशासित खेल देखायो।
उक्त टोलीले बढी रक्षात्मक खेल्यो। तर अगाडि पुगेर उसका खेलाडीले आर्जेन्टिनालाई कडा चुनौती दिइरहे। आर्जेन्टिनाले एक गोलको अग्रता लिएका बेला आइल्याण्डले गोल फर्कायो।

त्यो अवस्था उसले खेल नसकिञ्जेलसम्म राखेर आर्जेन्टिनासँग बराबरी खेल्यो। सबैको आँखा मेस्सीमाथि थियो। उनलाई रंगशालाको ठूलो पर्दामा देखाइँदा आर्जेन्टनी समर्थकहरूले खुसियाली प्रकट गरेका थिए। तर आफ्ना समर्थकहरूले खोजिरहेको उत्साह उनले दिलाउन सकेनन्। यदि आर्जेन्टिना विश्वकपको अघिल्ला चरणहरूमा जान चाहन्छ भने मेस्सीले यस्ता खाले अवसर चुकाउनु टोलीका लागि घातक हुन सक्ने विश्लेषण गरिएका छन्। विविसी