इटहरी /  उमेर समुह अन्तर्गत राष्टिय महिला टिम छनौटका लागी पूर्वाञ्चलबाट ४५ जना खेलाडी छनौट भएका छन । पूर्वाञ्चलका १० जिल्लाबाट छनौट भएर आएका १५० खेलाडी मध्येबाट अण्डर १५ का लागी २१ जना र अण्डर १८ का लागी २४ जना खेलाडी छनौट गरिएको हो । अखिल नेपाल फूटबल संघ एन्फाको निर्देशन अनुसार पूर्वाञ्चल छनौट इटहरीमा गर्ने कार्यतालिका अनुसार अण्डर १५ र अण्डर १८ उमेर समुहका खेलाडी आइतबार छनौट गरिएको एन्फा सुनसरी अध्यक्ष एवंम छनौट समितीका संयोजक केशव कार्कीले जानकारी दिनुभयो । आइतबार गरिएको छनौट अनुसार अण्डर १५ का लागी सुनसरीबाट र धनकुटाबाट ७–७ जना, मोरङ र धनकुटाबाट ३–३ जना र ताप्लेजुङबाट १ जना खेलाडी छनौट भएको छनौट समितीका सदस्य एवंम एन्फा सुनसरीका कोषाध्यक्ष कोबितजंग कार्कीले जानकारी दिए । पूर्वका अन्य जिल्लाबाट भने खेलाडीले स्थान बनाउन सकेनन ।
यस्तै अण्डर १८ उमेर समुहका लागी झापाबाट ७ जना, सुनसरीबाट ६ जना मोरङबाट ५ जना, उदयपुरबाट ३ जना खेलडीले स्थान बनाउन सफल भएका छन । यस्तै इलाम, पांचथर र ताप्लेजुङबाट १–१ जना खेलाडी छनौट भएका छन । देशका पांंचै बिकास क्षेत्र र पूर्वाञ्चलबाट छनौट भएका खेलाडीहरु मध्येबाट छनौट गरेर राष्ट्रिय महिला टिम बनाइने र उक्त टिमले यसै बर्ष हुने महिला साफ च्याम्पीयनसीपमा सहभागिता जनाउने एन्फा सुनसरी अध्यक्ष कार्कीले बताए ।