सुनसरी / इटहरीमा बिहिबारबाट सुरु भएको प्रथम सांसदकप पुरुष राष्ट्रिय डे नाइट भलिबल प्रतियोगितामा प्रहरीको दुइ बिभागिय टिमले बिजयी सुरुवात गरेका छन । बिहिबार राती सम्पन्न उद्धघाटन खेलमा शशस्त्र प्रहरीबल एपीएफले प्रदेश नम्बर ५ लाइ र नेपाल पुलिस क्लबले प्रदेश १ लाइ पराजित गर्दै बिजयी सुरुवात गरेको हुन । नेपालमै पहिलो पटक डे नाइट भलिबल आयोजना गरिएको दाबी गरिएको प्रतियोगिताको बिहिबार राती सम्पन्न उद्धघाटन खेलमा एपीएफले प्रदेश नम्बर ५ लाइ २५–१९, २५–११ र २५–२० को सोझो सेटले पराजित गर्यो । यस्तै बिहिबार नै सम्पन्न दोसो्र खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाइ पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार ४ वटा खेल हुने छन । शुक्रबारको पहिलो खेल नेपाल पुलिस क्लब र प्रदेश नम्बर ३ दोसो्र खेल एपी एफ र प्रदेश नम्बर ४, तेसो्र खेल प्रदेश नम्बर १ र प्रदेश नम्बर ३ र अन्तिम खेल प्रदेश ४ र प्रदेश ५ बिच हुनेछ । प्रतियोगिता जेठ २० गते सम्म चल्ने छ । प्रतियोगिता प्रत्येक दिन सांझ ६ बजे सुरु हुने सुनसरी जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष अनुरोध थापाले बताए । इटहरी स्थित क्षेत्रिय रंगशालाको भलिबल कोर्टमा जारी डे नाइट भलिबल प्रतियोगिताको लागी स्थाइ रुपमा फ्लड लाइट जडान गरिएको छ । प्रतियोगितामा दुइ बिभागिय टिमहरु नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी प्रदेश नम्बर १, ३, ४ र ५ को सहभागिता रहेको छ । दुइ समुहमा बिभाजित खेल तालिकामा समुह क मा नेपाल प्रहरी, प्रदेश नम्बर १ र ३ रहेका छन भने समुह ख मा शसस्त्र प्रहरी गरी, प्रदेश नम्बबर ४ र ५ रहेका छन । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड र द्धितिय हुने टिमले नगद १ लाख र शिल्ड पाउने छन । यस्तै उत्कृष्ट खेलाडीले २४ इञ्चको एलइडी टिभी र बिधागत तर्फ उत्कृट हुनेहरुले जनही ५ हजार पाउने पूर्वाञ्चल भलिबल संघका सदस्य एवंम प्रचार प्रसार संयोजक बिक्रम थापालले बताए ।