फत्तेपुर / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा संचालित प्रथम मेयर कप फुटबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा गार्इघाट फुटबल क्लबलाई ४–३ को अन्तरले हराउँदै राष्ट्रिय जागृती क्लब इटहरी सुनसरीले उपाधी कब्जा गरेको छ।
निर्धारित समयमा दुबै टिमबाट कुनै गोल हुन नसके पछि खेलको छिनोफानो ट्राइबेकरबाट गरिएको थियो। सप्तकोसी नगरपालिका र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको संयुक्त आयोजनामा अन्तर नगरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा उदयपुर, सप्तरी,सिराहा, धनुषा,मोरङ र सुनसरी गरि आठ वटा टिमहरुले सहभागिता जनाएका छन। प्रतियोगिता का बिजेता उपबिजेता टिमलाई क्रमश नगद रु एक लाख ,पचास हजार शिल्ड प्रमाणपत्र र मेडल बितरण गरिएको आयोजक न्यू त्रियुगा स्पोर्ट्स क्लबका अध्यक्ष अ्मर खबासले जानकारी दिए। बैशाख २७ गते देखि संचालित प्रतियोगिता ७ दिनसम्म संचालन भएको थियो ।
प्रतियोगिता को उत्कृष्ट खेलाडी इटहरीका समीर राई र म्यानअफ दि म्याच गाइघाट फुटबल क्लबमा बिश्चित तामाङ उत्कृष्ट गोलकिपर इटहरीका बिष्णु चौधरी, बेस्ट डिफेन्स आयोजक क्लबका बुछु माझी घोशित भएका थिए ।