धरान / नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । हिजाे सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो ।
अध्यक्षका उम्मेदवार लुइँटेलले ९३१ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षमा सोमनाथ सुसेली ९२३ मतका साथ विजयी भए । महिला उपाध्यक्षमा स्मिता निरौला ८५८ मतका साथ विजयी भइन । छ । महासचिवमा विवेक गौतम ८८४ मतका साथ विजयी भए । 
त्यस्तै, समावेशी सचिवमा बुद्धवीर राई, खुल्ला सदस्यहरुमा डिल्लीराम खतिवडा, तीर्थ सिग्देल, बुद्धिप्रसाद लामिछाने (विमल), विपेन्द्र गौतम र शशी कोइराला निर्वाचित भएका छन् । मधेशी सदस्यमा जयकृष्ण यादव र ब्रम्हदेव यादव निर्वाचित भएकाे पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगुले जानकारी दिए ।
यसअघि नै महासंघको प्रदेश नं १ समितिको खुल्ला सचिवमा हरिकुमार राई, कोषाध्यक्षमा अम्बिका भण्डारी, महिला सदस्यमा रीता मोक्तान, तीलकुमारी शर्मा, रेजिना गौतम, समावेशी सदस्यमा केशव लामा, गणेश साम्पाङ, दलित सदस्यमा सन्तोष रुचाल र अल्पसंख्यक सदस्यमा इकलाव अहम्मद निर्विरोध निर्वाचित भइसकेका थिए ।