​धरान /  नवोदय प्लस टु तथा युएन कलेजका  प्रिन्सिपलख डम्बरकुमार तुम्बापोले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम, धरान शाखामा रहनु भएकाहरुलाई सहयोग गर्नु भएको छ । 

‘मेरो जन्मदिन हरेक वर्ष राष्ट्रिय बाल दिवसका दिन पर्छ। यस वर्ष बाल दिवसका साथै नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको सुखद संयोग परेकाले आश्रमका सम्पूर्ण परिवारलाई विशेष रूपमा खीर भोजन गराइएको हो ।’–उहाँले भन्नुभयो।

विगतका वर्षहरूदेखि नै आफ्नो जन्मदिन विभिन्न सामाजिक संस्था र बालबालिकाहरूसँग मनाउँदै आउनुभएका तुम्बापोले अघिल्ला वर्षहरूमा इलामको चुलाचुलीस्थित बहुभाषिक पाठशालाका विद्यार्थीहरू तथा गत वर्ष धरान–१३ स्थित सरस्वती बाल आश्रमका अनाथ बालबालिकाहरूसँग जन्मदिन मनाउनुभएको थियो। 

कार्यक्रममा उहाँकी जीवनसङ्गिनी सञ्जु, छोराहरू साम्निगेन र साम्जिकसहित अन्य परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।  ​कार्यक्रमको अन्त्यमा मानव सेवा आश्रम परिवारका तर्फबाट डम्बरकुमार तुम्बापो तथा उहाँको सम्पूर्ण परिवारलाई खदा र टिका लगाएर सम्मान गरिएको थियो । 

dambar sir