धरान/ देउराली युनाइटेड फुटबल क्लबको आयोजनामा मंसिर २३ गते धरानमा  लण्डन आइस खुल्ला नकआउट फुटबल प्रतियोगीता हुने भएको छ । प्रतियोगितामा आयोजकसहित सुनसरी र मोरङका १० वटा टिम बिच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष गोपाल लिम्बुले पत्रकार सम्मेलन गरी बताए । प्रतियोगीतामा आयोजक टिम, सहारा फुटबल क्लब , डागी फुटबल क्लब, बसन्तटार फुटबल क्लब , साउनेटार फुटबल क्लब, तल्लो देउराली फुटबल क्लब, लगायतका समुहहरु बिच प्रतिस्पर्धा हुनेछ ।

क्लबका सल्लाहकार प्रकाश लिम्बु भन्छन् ‘बाहिरबाट धरानलाई हेर्ने दृष्टिकोण फरक छ । लागुऔषतमा युवाहरु धेरै फसिरहेका छन् ।’ उनले थपे ‘‘धरान मिनी ब्राजिल हो’’ खेल तिर व्यस्त हुँदा फुर्सदको समयको सदुयोग हुनेसँगै शारिरीक, बौद्यिक विकास गर्ने बानी बस्ने हुनाले खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए ।

प्रतियोगितामा पहिलो हुनेलाई नगद २५ हजार ५५५ रुपैया, दोस्रो हुनेले १५ हजार ५५५ ट्फि,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यसैगरि बेस्ट प्लेयर, गोलरक्षक, बेस्ट डिफेन्स र हाइ स्कोरले जनही २ हजार २२२ ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगीतामा १लाख ६५ हजार अनुमानित खर्च हुने आयोजक बताए ।