• विकास चाम्लिङ राई

धरान उपमहानगर प्रमुख तारा सुव्वाले धरान उपमहानगर महिला बास्केटवल खेलाडीहरुलाई विदाई तथा जर्सि हस्तान्तरण गरेको छ । यहि वैशाख २ गते इलाम महिला बास्केटवल टिमसंग मैत्रपुर्ण खेल खेल्न जाने धरान उपमहानगरपालिका महिला बास्केटवल टिमलाई प्रमुखा सुव्वाले विदाइ गरेका हुन । डिपो क्याम्पसको खेल मैदानमा आयोजित खेलाडी विदाइ तथा जर्सी वितरण कार्यक्रममा १२ जना खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र खेल व्यवस्थापकलाई विदाइ गरिएको थियो । खेलाडी तथा प्रशिक्षकहरुमा टिम क्याप्टेन आसा राई, अनु राई सितल तामाङ्ग, निरुता राई, आश्मा भुजेल, आस्था राई, प्रनिशा ओझा, रेजिना कार्कि, प्रिति राई, तनु राई, प्रिति लिम्वु, र दृश्य राई छन भने टिम प्रशिक्षक विकास चाम्लिङ राई, सहायक प्रशिक्षक पारुहाङ राई र व्यवस्थापकमा सुवास राई रहेको छ । खेलाडि तथा प्रशिक्षकहरुलाई प्रमुख अतिथी तारा सुव्वा, विशेष अतिथि नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा र नगर खेलकुद विकास समिति, धरानका अध्यक्ष सुवास राईले जर्सि तथा बास्केटवल हस्तान्तरण गरेका थिए ।
यहि वैशाख दुई गते इलाम वजार सदरमुकाम घोषणा भएको दुई सय वर्ष पुरा हुने र सो अवसरमा इलाम नगरपालिका महिला बास्केटवल र धरान उपमहानगरपालिका महिला बास्केटवल टिम विच मैत्रिपुर्ण खेल खेलिने खेलकुद समिति अध्यक्ष सुवास राईले जनाए । सो दिन धरान उपमहानगरपलिका र इलाम नगरपालिका विच भगिनि सम्वन्ध पनि गासिने कार्यक्रमका प्रमुख अतिथि सुव्वाले जानकारी दिए । दुवै क्षेत्रका पर्यटन, कृषि, खेलकुद लागायतमा सहकार्य गर्दै यस क्षेत्रको विकास तथा पर्वद्धन गर्नमा यो सम्वन्धले दुवैलाई मद्धत पुग्ने उनले जनाए । डिपो बास्केटवल कोर्टमा प्रशिक्षण गरिरहेको धरान उपमहानगर बास्केटवल महिला टिम वैशाख १ गते धरान वाट प्रस्थान गर्नेछ ।