- मञ्जुला तामाङ सुब्बा
लेखिएको छ-
सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि
मन्दिरमा झैँ छन् आस्था, विश्वासको अर्को सृष्टि
निर्धक्क, सहजता घरेलु वातावरणका सुलभ अस्पताल
व्यवसाय, निष्ठा सेवासँगै वर्षन्छ यहाँ मानवताको वृष्टि
भनिन्छ, स्वास्थ्य नै जीवनको अमोल्या धन हो। स्वस्थ शरीर, शान्त मन सबैभन्दा ठूलो सम्पत्ति हो। यी कथनहरू साँच्चै सत्य रहेको छ तर जीवनक्रममा आफूले सोचेको चाहेको जस्तो हुँदो हो त दुस्ख अनि दुस्खी शब्दहरू पनि हुने थिएनन् होला।
यसपालिको शीतकालीन योजनामा हाम्रो खुशी चलेन, कारण श्रीमानको देब्रे आँखामा अचानक समस्या देखापर्यो जो सामान्य थिएन। यसर्थ ढिलो नगरी हामी सिलगढ़ीका केही प्रतिष्ठित आँखा अस्पतालतिर गयौँ। समस्याअनुसार विभिन्न परीक्षणपछि देब्रे आँखामा ‘रेटिना म्याकुलर होल’ नामक गम्भीर समस्या भएको अनि शल्यक्रियाद्वारा नै उपचार सम्भव रहेको चिकित्सकहरूद्वारा जानकारी प्राप्त भयो।
शरीरको अत्यन्त महत्त्वपूर्ण संवेदनशील अङ्ग आँखामा आएको समस्या निकै चिन्ताजनक भयो। हामीले यसलाई गम्भीरतापूर्वक लियौँ। सबैभन्दा पहिले नजिकैको शहर सिलगढ़ीमा समस्याको समाधान सम्भव नहुने बुझियो। सायद सबैको बिमारी एकैखाले नहुँदोरहेछ। धेरैको यस्तो समस्या सिलगढ़ीमै शल्यक्रियापछि पूर्ण स्वस्थ भएको थाहा लागे पनि श्रीमानको उपचार यहाँ सम्भव नहुने भयो। कलकत्ता, दिल्ली गएर उपचार गराउने सुझाव दिए त कति चिकित्सकले, दोधारे सल्लाह दिए। समस्याको गम्भीरतालाई हामीले धेरै शुभचिन्तकहरूमाझ साझा गर्यौँ। धेरै सुझावहरू आए। हामीले ठोस निर्णय लिन सकिरहेका थिएनौँ। धेरैले नेपालको आँखा अस्पतालहरूका जानकारी पनि दिए तर कुन अस्पताल जाने अन्योलमा थियौँ।
एक दिन श्रीमानको अत्यन्त नजिकका शुभचिन्तक केसाङ थेन्डुप भोटियाबाट नेपाल बिर्तामोड़को सैनिक चौकस्थित दृष्टि आँखा अस्पताल निर्धक्कसित जाने साथै चिकित्साहेतु जानकारी लिनसक्ने प्रबन्ध पनि मिलाइदिनुभयो। हामी विश्वस्त भयौँ। नेपालमै उपचार गर्ने अठोट गर्यौँ। आँखाको समस्या पालेर भविष्यमा ठूलो जोखिम उठाउने पक्षमा हामी थिएनौँ। यसर्थ समयमै उपचारहेतु बिर्तामोड़तर्फ लाग्यौँ।
पहिलोपटक जाने बिमारीहरूका निम्ति काँकरभिट्टा हनुमान मन्दिर छेउमा दृष्टि आँखा अस्पतालका स्वयंसेवक भाइहरूको तैनात हुँदोरहेछ। बिहानको सात बजेअघि पुग्नसके अस्पतालबाट काँकरभिट्टादेखि अस्पतालसम्म निःशुल्क गाड़ीको पनि प्रावधान रहेछ।
नेपाल राष्ट्र र हामीमाझ भूगोलले सिमाना खिचे तापनि हामी भारतीय नेपालीका मनलाई भने कुनै सिमानाले छुट्टयाउन सकेको छैन। विभिन्न विषयहरू समेटेर हामी निर्धक्क ओहोरदोहोर गर्ने गर्छौं। रोजगार, अध्ययन, साहित्य, सङ्गीत, चिकित्सा, तीर्थयात्रा, वैवाहिक सम्बन्ध, पर्यटन, भाषा, संस्कार(संस्कृतिसित जोडिएर नङमासुको आत्मीय सम्बन्ध छ, हामी भन्छौँ। उताबाट (नेपालमा) भन्छन्, भारत र नेपालमाझ बेटी र रोटीको सम्बन्ध छ। हाम्रा छिमेकी देश नेपाल आँखा चिकित्सा क्षेत्रमा प्रसिद्धि कमाएका देश हो। विभिन्न राज्यमा स्थापित प्रतिष्ठित आँखा अस्पतालहरू देश(विदेशतिर धेरै चर्चित रहेको हुँदा यसबाट लाभान्वित भएका छन्।
यसपालि हामी पनि नेपालको बिर्तामोड़ सैनिक चौकमा अवस्थित दृष्टि आँखा अस्पताल गएर जाँचबुझ गर्ने मनसाय लिएर अस्पतालका विशेष अधिकारीसित बातचित हुँदै नेपालतर्फ लाग्यौँ। नेपाल सिमाना पार भएपछि काँकरभिट्टाको हनुमान मन्दिर परिसरमा स्वयंसेवक भाइसित भेट भयो, जससँग अघिबाटै फोनद्वारा सम्पर्क हुँदै थियो। बिहानको भारतीय समयअनुसार ठ्याक्कै ७।४५ बजी हामी भद्रपुरको एयरपोर्टको बाटो हुँदै दृष्टि अस्पताल पुग्यौँ। प्रथमचोटि गएका हुनाले हामीलाई स्वयंसेवक भाइले पञ्जीकरण ९रेजिस्ट्रेसन० प्रक्रियामा सहयोग गरे जो दुई प्रकारका रहेछन्( एउटा साधारण काउन्टर, अर्को फास्ट ट्रयाक ९तत्काल सेवा० । आफ्नो सुविधाअनुसार जुनैबाट पनि सुविधा लिन सकिन्छ। अस्पतालको विशेष पक्ष समय बचतको मूलमन्त्रअनुसार केवल अढाई घण्टाभित्र सुव्यवस्थित काउन्टरहरूबाट आँखा जाँचका सम्पूर्ण परीक्षणहरू सिद्धिए।
डा. श्वेतासिंह खत्री (एम. डी. कन्सल्टेन्ट ओपथाल्मालोजिष्ट विट्रोरेटिना एण्ड फाको सर्जन)ले भन्नुभयो, “बुबा, हजुरको देब्रे आँखामा ठूलै समस्या छ र हामीसँग शल्यक्रियाद्वारा यसको उपचार सम्भव छ र शल्यक्रियापछि धेरै नियमहरू पालन गर्नुपर्ने हुन्छ जसद्वारा आँखाको ज्योति आउनमा सहयोग हुनेछ।” यसरी आँखामा हुने असरहरूबारे स्पष्ट रूपमा बताउनुभयो। बिमारीको गम्भीर समस्यालाई उसको मनोस्थिति स्थिर गराउँदै अत्यन्त सामान्य रूपले विस्तारपूर्वक सम्झाउनुमा समर्थ ती डाक्टरको पहिलो उपचार देखियो। एउटा प्रसिद्धिको शिखरमा पुगेकी डाक्टर अनि बिमारीको सम्बन्ध, सहजता आत्मीय वार्तालापले अस्पतालप्रति आत्मविश्वासको दह्रिलो सेतु निर्माण भएको छ। सुरक्षा कर्मचारीहरू, प्रत्येक काउन्टरका कर्मचारी, स्वास्थ्यसेविकाहरूद्वारा दर्शिएका बर्ताव, भाषा साथै साइनोमा गाँसिएका वचन अनि सफा अस्पतालले बिमारी पक्षको मन सजिलै जित्न सकेको छ। आँखा अनि कानसम्बन्धी सबै प्रकारका परीक्षण ९जाँच०(हरू भुइँ तलामै गरिने हुनाले सिँढ़ी चढ़्ने–झर्ने असुविधा यहाँ छैन। शल्यक्रियाअघि बिमारीको अन्य रोगसम्बन्धी जाँच विशेष ब्लड प्रेसरए सुगर आदिको स्वास्थ्य प्रमाण पत्र (फिटनेस) सर्टिफिकेट उपलब्ध गर्न पनि यहीँ एउटै छानाभित्र रहेको कारण अन्य अस्पतालतिर भौँतारिनुपर्दैन रहेछ।
अस्पताल पक्षद्वारा विशेष समयको मूल्याङ्कन गर्दै आँखा कानमा भएको रोग जाँच अनि शल्यक्रिया गर्नुपरे लामो समयसम्म नअल्झाई बिमारी पक्षको सुविधालाई ध्यानमा राख्दै एक दिनभित्र जाँच अनि शल्यक्रिया सम्पन्न गराउने गर्दछ। बिहानको समय जाँच अनि मध्यान्हपछि शल्यक्रिया। यसो गर्दा टाढ़ा–नजिकबाट आएका बिमारीहरूका समय साथै खर्च पनि बचत हुने गर्दछ। हामीचाहिँ धेरै कुरा बुझेर त्यो दिन फर्केर आयौँ।
दिसम्बर ९ तारिख, हामी शल्यक्रिया गर्न बिर्तामोड़तिर लाग्यौँ। काँकरभिट्टाबाट निर्माणाधीन एसियन राजमार्ग हुँदै बिर्तामोड़ मुक्तिचोकबाट प्रायः तीन कि। मी। दक्षिणतिर सैनिकमोड़ भएर दृष्टि आँखा, कान अस्पताल पुग्यौँ। हाम्रो पहिलो अस्पताल भ्रमण अवधिमा अघिबाटै सम्पर्कमा रहनुभएका संस्थापकरअध्यक्ष आदरणीय श्री राम उप्रेती सरसँग भेट भइसकेको कारण उहाँद्वारा धेरै सहयोग साथै मनोबल प्राप्त भएको कारण हामी अझ निष्फिक्री बन्यौँ।
अस्पतालको नियमअनुसार पहिलो चरणको जाँच प्रक्रिया केही दिनअघि मात्र गरिसकेका हुनाले त्यो दिन केही कागजी प्रक्रियामात्र थियो। नियमित रूपमा दिनको १२.३० बजीदेखि बिमारीहरूलाई शल्यक्रियाका निम्ति शल्यकक्ष परिसरमा लगिन्छ अनि तयार गरिन्छ। आँखा, कान समस्याअनुसार शल्यक्रिया छोटो अथवा लामो अवधिभित्र सम्पन्न हुने गर्दछ।
मेरा श्रीमानको शल्यक्रिया साथै उपचार डा। सुवास भट्ट, एम। डी।, अप्थालमोलोजी (टीयूटीएच) विट्रोरेटिना एण्ड फाको सर्जनद्वारा गरियो।
आँखाको शल्यक्रियापछि सबै बिमारीहरू मात्र एक रात बस्नुपर्ने हुन्छ, कारण कतै केही असुविधा आइपरे उपचार तत्काल गर्न सकियोस्। यस दृष्टि अस्पतालको स्थापनाकालदेखि (प्रायः चौध वर्ष) यता होटल व्यवसाय पनि फस्टिएर गएको थाहा लाग्दछ। यद्यपि यहाँ मेची आँखा अस्पताल अनि अन्य सम्बन्धित अस्पतालहरू पनि स्थापित छन्। मलाई यस्तो लाग्छ यी होटल व्यवसायीहरूले सुलभ मूल्यमा होटलका कोठाहरू उपलब्ध गराएर आमदानीको स्रोतमात्र नठानेर उचित सुविधा अनि विशेष स्वच्छतातिर ध्यान दिन सके बिमारीलाई सङ्क्रमणको डर हुनेछैन साथै परिवारजनलाई पनि सुविधा हुने गर्दछ।
अन्य स्थान नेपालबाहिरका अस्पतालहरूमा भन्दा धेरै कम खर्चमा उपचार हुने यस दृष्टि अस्पतालमा निम्नवर्गीय असहाय बिमारीहरूका निम्ति निःशुल्क पलङहरू छन्, जहाँ उनीहरूलाई अस्पतालबाट सेवा प्रदान गरिन्छ। निम्नवर्गका बिमारीहरूका निम्ति झण्डै पच्चीसवटा निःशुल्क पलङहरू उपलब्ध गराइएको छ। उत्कृष्ट उपचारको लाभ उठाउन कुनै पनि वर्गका मानिसहरू यस अस्पताल आउने गर्छन् अनि त्यही हिसाबले होटल(लजहरू लिन सकिनेछ।
एक रात बसेर भोलिपल्ट बिहान आठ बजीदेखि अघिल्लो दिन शल्यक्रिया गरेका बिमारीहरू शल्यकक्षमा उपस्थित हुनुपर्नेछ, जहाँ डाक्टरद्वारा जाँच गरी उचित परामर्श अनि औषधिहरू खाने(लाने इत्यादि बताएपछि अस्पतालबाट छुट्टी दिइन्छ। यो प्रक्रिया बिहानको १० बजीभित्र सिद्धिसकेको हुन्छ। हामी पनि त्यसरी आफ्नो समस्याअनुसारको सफल शल्यक्रियापछि अपनाउनुपर्ने सतर्कताहरू अनि औषधिहरू ९जो धेरै कम्ती मूल्यमा० किनेर फर्की आयौँ। अब ४५ दिनमा मात्र जानुपर्ने भएकाले हामी घर सिलगढ़ी आयौँ।
दृष्टि अस्पतालमा आँखाको मात्र चिकित्सा हुने गर्छ भन्ने हामीले ठानेका थियौँ तर त्यहाँ कानसम्बन्धी जस्तै जटिल रोगको पनि उपचार गरिँदोरहेछ। यसैले वर्तमानमा दृष्टि आँखा अनि कान अस्पताल भनिन्छ।
आँखासम्बन्धी रोगहरू मोतीबिन्दु, जलबिन्दु, रेटिना, आँखाको नानी प्रत्यारोपन, टेड़ोपना (स्कुडन्ट), चश्माको उपयोग गर्न नचाहनेलाई त्यसको उपचार, सौन्दर्य सर्जरीजस्ता उपचारको लाभ उठाएर जानेहरूका आ(आफ्ना अनुभव होलान् तर म जतिपल्ट अस्पतालसित जोड़िन पुगेँ त्यति नै आकर्षित बनेँ। त्यहाँ कर्तृपक्षसँग स्थापित आत्मीयता, चिकित्सा प्रणाली कम मूल्यमा चिकित्सा सम्भव, सुरक्षित यात्रा, भाषिक सहजता आदिलाई समेट्दा उपचार आफ्नै स्थानमा छ तर सफल(असफल हुनु पनि आ–आफ्ना भाग्य हो तर सन्तुष्टि भने पक्का प्राप्त हुने नै छ। यहाँ उपचारका निम्ति आउनेहरू नेपाल देशबाहिर जस्तै भारतका उत्तरपूर्वी राज्यहरू, बङ्गलादेश, भूटानलगायत यता हामी दार्जीलिङ, सिक्किम, डुवर्सतिरबाट जाने गर्दछौँ। जस्तै भीड़भाड़ भए तापनि सुव्यवस्थित ढङ्गमा परिचालित अस्पतालले समयमै सुविधा प्रदान गर्दोरहेछ।
दृष्टि अस्पतालमा ख्यातिप्राप्त प्रतिष्ठित चिकित्सकहरू छन्, जसले स्वदेश (नेपाल) कै विभिन्न मेडिकल कलेजहरूबाट अध्ययन गरी स्वदेशमै सेवा प्रदान गर्न रूचाए। समय अनि आवश्यकताअनुसार बढ़ोत्तरी गर्दै आधुनिक उपकरणहरूको जड़ान, पूर्ण वातानुकूलित अस्पताल, अनुशासन, मानवता, न्यून खर्च आदि नै अन्य स्थानमा रहेका अस्पतालहरूको तुलनामा दृष्टि अस्पताल लोकप्रिय र सफलताको केन्द्र बनेको रहेछ।
डा। सविता पालिखे, डा. शेषकान्त अर्याल, डा. भाइराजा श्रेष्ठ, डा. हरी शर्मा, डा.विजय भूषाल, डा. प्रताप कार्की, डा. श्वेतासिंह छेत्रीजस्ता प्रसिद्ध चिकित्सकहरूद्वारा सफल चिकित्सा सेवा नै दृष्टि अस्पतालको लक्ष्य हो। यी चिकित्सकहरूको अनुभव तथा प्रमाणपत्र (डिग्री)(को आधारमा साँच्चै भन्नु हो भने विदेशका कुनै पनि प्रतिष्ठित अस्पतालहरूले अधिकतम सहुलियत प्रदान गरेर राख्न सक्छन् तर यी देशप्रेमी उदारवादी चिकित्सकहरूले आफ्नो क्षेत्रलाई व्यापार बनाउन चाहेनन्। तसर्थ कतिपय असुविधाहरूसँग सम्झौता गरी स्वदेशमा नै रही सेवा गर्न रूचाए, जसबाट उपचार गरी असङ्ख्य बिमारीहरूले स्वास्थ्यलाभ गरिरहेका छन्। विशेष अस्पताल प्रबन्धन पक्षका सामाजिक सेवा भावनाका दूरगामी सोच अनि सुलभ मूल्यमा उत्कृष्ट उपचार सेवा योजना नै अस्पतालका सफलता अनि लोकप्रियताका केन्द्रबिन्दुहरू हुन्।
ध्यान दिनुपर्ने विशेष शनिबार आधा दिन १ बजीसम्म अस्पताल खुल्ला रहन्छ अनि बाह्य रोगी विभाग ओपीडीमा त्यो दिन शुल्क दोबर लाग्ने गरिन्छ। सरकारी बिदाको दिन अन्य दिनझैँ सामान्य शुल्क लाग्ने गर्दछ। बिमारी जाँच सुविधाहेतु यही अनलाइन नाम लेखाउने प्रावधान पनि रहेको छ।
‘बालमैत्री’ विभागः
दूरदर्शी दृष्टि अस्पतालको अत्यन्त महत्त्वपूर्ण सेवाकार्यअन्तर्गत बालमैत्री विभागद्वारा निःशुल्क बालबालिकाहरूलाई अनुकूल वातावरणमा आँखा जाँच गरिन्छ। भविष्यका कर्णधार यी बालबालिकाहरूको सुरक्षित भविष्यका चिन्तन गर्दै पाठशाला भर्ना हुनअघि उनीहरूको निःशुल्क आँखा जाँच गराइन्छ, कारण ती अबोध बालबालिका साथै उनीहरूका कतिपय अभिभावकहरू पनि यस समस्यासित अनभिज्ञ हुने गर्दछन् अथवा सचेतताको कमीले यस दिशालाई ध्यान दिएका हुँदैनन्। मैत्री विभागका यस कल्याणकारी सेवाद्वारा कुनै शिशु आँखासम्बन्धी रोगग्रस्त रहेको पाइएमा उसको उपचार समयमै गर्ने नितान्त आवश्यक हुँदछ, जसको पहल यहीँबाट गरिदिँदछ। यस्ता सुकार्यका निम्ति दृष्टि अस्पताल धन्य बनेको छ। दृष्टि अस्पताल सदैव चाहना राख्दोरहेछ कि स्वास्थ्य आँखा उचित विकास शिशुको अधिकार। यही मूलमन्त्रसितै शिशुहरूको अल्छे आँखाको पनि उपचार गरिन्छ।
यता श्रीमान् पनि पैँतालीस दिनको अवधिमा नियमित आँखा औषधि प्रयोग, सुत्ने(बस्ने उचित तरिका पालन अनि पहाड़ ९दार्जीलिङ० नजाने, गाड़ी नकुदाउने डाक्टरको सुझाव पालन गरी सिलगढ़ीमै बस्यौँ। यसपालि आँखा जाँच गर्ने क्रममा कान पनि जँचाउने सलाह गरयौँ, कारण धेरै ठूलो समस्या नभए पनि बेलाबखत दाहिने कानभित्र पानी भरिएको जस्तो अनुभव हुने गर्थ्यो तर दुख्ने, कम सुन्नेजस्तो समस्या भने थिएन।
पैँतालीस दिन पूर्ण भएपछि हामी दृष्टि अस्पताल गयौँ। त्यही द्रूतसेवाद्वारा आँखा अनि कान जाँचको शुल्क तिरेपछि परीक्षण शुरू भयो चिकित्सकको निर्देशअनुसार। यसपल्ट पनि हामीसित आदरणीय श्री राम विष्ट सर साथमा हुनुहुन्थ्यो, कारण रेटिनाको जटिल शल्यक्रियापछि उहाँले सम्पर्कमा रहँदै भलाकुसारी गरिरहनुहुन्थ्यो। उहाँको उपस्थितिमा हामी अझ निर्धक्कता अनुभव गर्दथ्यौँ। डा। सुवास भट्टद्वारा शल्यक्रिया गरिएको रेटिना उपचारको सफलता साथै आँखाले देख्न अझ केही समय लाग्ने डा। भट्टले जनाउनुभयो। हामी खुशी भयौँ। केही औषधि अनि चश्मा लगाउनुपर्ने सुझाव दिनुभयो।
कान उपचारः
अस्पतालको नाम ‘दृष्टि’ अनि प्रचारप्रसारमा पनि आँखा उपचारमात्र गरिने भनेर व्यापक रूपमा मानिलिएको कारण यहाँ कानको रोगको पनि उपचार गरिन्छ भन्ने जानकारीसित धेरै बिमारीहरू अनभिज्ञ छन्। हामीले पनि यहीँ आउँदा यस महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सकेका हौँ। अझ सबैले थाहा पाउनैपर्ने विशेष समस्या भनौँ या आदत मानिसमा निदाएपछि घुर्ने आवाजले धेरैलाई असुविधा हुने गर्दछ।यस्तो घुर्ने समस्या अथवा बिमारीको पनि डाक्टर अथवा सर्जन योगेश न्यौपानेद्वारा सफल शल्यक्रिया गरी उपरचार सम्भव रहेको छ। अझ थप खुशीको खबर, आधुनिक समयको दौड़मा सुन्दरीकरणको विशेष मागले सौन्दर्य बजार फस्टिरहेको हामी पाउँछौँ, तर मानव जीवनमा कुनै रोग, दुर्घटना तथा बढ़्दो उमेरको असरले अनुहारमा अचाहिँदो प्रभाव देखापरे यसको निवारण डा होमबहादुर गुरुङ ढएम। डी कन्सल्टेन्ट अप्थालमाजोजिष्ट (एनएएमएस) अकुलोपास्टिक सर्जन० जस्ता अनुभवी चिकित्सकद्वारा सम्भव रहेको पाइन्छ। यस्तो उपचार प्राप्त गर्नु भनेको ईश्वरकोवरदान प्राप्त गर्नुझैँ हो। हाम्रा चिरपरिचित धेरै हस्तीहरूले यहीँबाट यस उपचारको लाभ उठाएको जानकारी पनि प्राप्त गर्न सक्यौँ। एउटै छानाभित्र तीन आवश्यक उपचारले समय, रुपियाँको बचत पनि हुनसकेको छ।
नेपालका विभिन्न राज्यमा दृष्टि आँखा अस्पतालका पन्ध्रवटा शाखा स्थापित छन् जो स्थानको नाउँले ‘दृष्टि आई केयर’ नामले परिचित छन्। आई। एस। ओ। द्वारा प्रमाणित दृष्टि अस्पतालको विवरण निजी सञ्जाल युट्यूबमा पनि उपलब्ध छ साथै सामाजिक सञ्जालमा यस अस्पतालको पेजद्वारा पनि जानकारी हासिल गर्न सकिन्छ। यसको www.drishtiege.org मा पनि हेर्न सकिन्छ।
रोग निवारणलाई विशेष महत्त्व राख्दै परोपकारको मार्गमा यदि कुनै संघसंस्थाद्वारा आर्थिक रूपले कमजोर आँखा अनि कान रोगीहरूका निम्ति सिफारिस गरिदिए दृष्टि अस्पतालद्वारा उपचार शुल्कमा सहयोग गरिनेछ भनी संस्थापक एवं अध्यक्ष श्री राम उप्रेतीले जानकारी गराउनुभयो। अस्पताल प्रबन्धनद्वारा भारतका कुनै पनि स्थानमा यदि कुनै एनजीओ तथा संघसंस्थाद्वारा आवेदन गरिए त्यहाँ निःशुल्क शिविर लगाइने पनि बताउनुभयो।
यस्ता कर्मशील, वरिष्ठ समाजसेवी, उदारवादी बिर्तामोड़का प्रभावी व्यक्तित्व श्री रामकुमार उप्रेतीलगायत अनुभवी चिकित्सकहरू साथै सामाजिक व्यक्तित्वहरू, युवा स्वास्थ्यकर्मीहरूको निःस्वार्थ सेवाको उपज हो यो दृष्टि आँखा अस्पताल। श्री उप्रेतीको अनुशासनात्मक अध्यक्षतामा सञ्चालित प्रत्येक चिकित्सक, प्रत्येक अधिकारी साँच्चै भन्नुपर्दा समाजका अग्रदूतहरू (पायोनियर) हुन् भन्न अत्युक्ति नहोला।
अन्तमा बिर्तामोड़ ‘दृष्टि अस्पताल’(को उत्तरोत्तर प्रगतिको कामनासहित मैले सङ्ग्रह गरेकी उपचारसम्बन्धी तथ्यहरू अन्य अनभिज्ञजनका निम्ति साझा गर्दै दृष्टिप्रति ईश्वरको सधैँ आशीर्वाद रहिरहोस् भन्ने कामना व्यक्त गर्दछु।
घूम, दार्जीलिङ।



















