धरान  /  कोशी प्रदेशसभाका पूर्व सांसदहरू संगठित भएका छन् । आइतबार संस्थापक सभामुख प्रदिप भण्डारीको संयोजकत्वमा १३ सदस्इयि ‘कोशी प्रदेशसभा पूर्व सांसद मञ्च’ गठन गरेका छन् । 

मञ्जको उपसंयोजकमा पूर्व उपसभामुख सरस्वती पोखरेल र पूर्व सांसद राजीव कोइराला रहेका छन् । । पूर्व सांसद लक्ष्मण तिवारी सचिवको जिम्मेवारीमा चयन भएका छन् । मञ्चका सदस्यहरूमा पूर्व सांसद राजकुमार ओझा, जयराम यादव, बिन्दिया कार्की, विजय विश्वास, इन्द्रा राई, जसमाया गजमेर, विमल कार्की, कुसुम श्रेष्ठ, सरिता खड्कालगायत रहेका छन् । 

पूर्व सांसदहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउने, प्रदेशसभा र संसदीय अभ्यासका अनुभव आदानप्रदान गर्ने, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमा योगदान पु¥याउने तथा समसामयिक प्रदेशका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले मञ्च गठन गरिएको हो ।  कोशी प्रदेशसभामा विभिन्न समयमा प्रतिनिधित्व गरेका पूर्व जनप्रतिनिधिहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै अनुभव, सुझाव र सहकार्यलाई संस्थागत गर्ने लक्ष्यका साथ मञ्च गठन गरिएको बताइएको छ ।