विराटनगर / कोसी प्रदेश सरकारले वृहत्तर बराहक्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकहरु नियुक्ति गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा विहीबार बसेको बैठकले बृहत्तर बराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का अभिजाल विष्टलाई नियुक्त गरेको छ ।

खुल्ला प्रतिस्पर्धाबाट छनौट गरि नियुक्ति गरिएको बताइएको छ । वृहत्तर बराहक्षेत्र विकास समितिमा नियुक्त विष्ट लामो समयदेखि पत्रकारिता पेसामा आवद्ध रहनु भएको थियो । 

यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निवासी चक्रबहादुर राईलाई निर्देशकमा नियुक्त गरिएको छ ।