हङकङ  /  संखुवासभा समाज हङकङले आफ्नो ३०औं वार्षिक उत्सव तथा नेपाली नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा आयोजना गरेको छ। 

कार्यक्रममा समाजका अध्यक्ष लिलाबहादुर गुरुङको अध्यक्षमा भएको थियो । प्रमुख अतिथिका रूपमा हङकङस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत बिन्देश्वरप्रसाद लेखक, योङ चिङ मङका डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङ, हङकङ नेपाली महासंघ  अध्यक्षनविन सुवाहाङ, राष्ट्रिय सुरक्षा क्षेत्रिय सल्लाहकार टंक राना। 

नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष शशि मदन राई, हङकङ साहित्यिक साझा श्रृंखलाका अध्यक्ष जुनु रानालगायतको उपस्थिति रहेको थियो ।  

त्यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधिहरू विशिष्ट तथा विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा उपस्थित अतिथिहरूलाई सम्मान तथा उपहार वितरण गरिएको थियो।

सोही अवसरमा समाजको मुखपत्र “हाम्रो संखुवासभा” पनि सार्वजनिक गरिएको थियो। कार्यक्रम समाजका सचिव मणिशेखर गुरुङले सञ्चालन गर्नु भएको थियो भने वरिष्ठ उपाध्यक्ष प्रकाश गुरुङ (जेपी) ले स्वागत मन्तव्य व्यक्त गर्दै समाजको गतिविधि तथा उद्देश्यबारे जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा वृतचित्र प्रदर्शनी समेत गरिएको थियो भने विभिन्न समाजका अध्यक्षहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

यसै गरी लामो सयमदेखि पत्रकारितामा सक्रिय एचके नेपाल डटकमका फाेटाे सम्पादक जगत अम्बु गुरुङलाई पनि सम्मान गरिएको छ । हङकङमा रहेर पत्रकारितालाई दिएको निरन्तरतालाई उच्च मूल्याङकन गर्दै उहाँलाई सम्मान गरिएको हो । 

उक्त कार्यक्रमले हङकङमा रहेका संखुवासभा जिल्लावासी नेपालीहरूबीच आपसी एकता, सहकार्य र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने यस्तो कार्यक्रम उपयोगी भएको सहभागीहरुले बताए । 

ambu gurung