हङकङ । लङजुङ सेवा समाज हङकङको नयाँ कार्यसमिति आइतबार गठन गरिएको छ। समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार सुरेशकुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले  श्यामकुमार गुरुङको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो। गुरुङ यस अघि पनि अध्यक्ष रहनु भएको थियो । 

नवगठित कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा जगतप्रसाद गुरुङ, सचिवमा गमन घले, सहसचिवमा सन्तोष गुरुङ, कोषाध्यक्षमा मिनबहादुर गुरुङ तथा सह–कोषाध्यक्षमा पञ्चमान गुरुङ चयन हुनु भएको छ । 

यस्तै समितिका सदस्यहरूमा कल्पना गुरुङ, रेवती गुरुङ, पूष्पादेवि गुरुङ, ओमकला गुरुङ, प्रेमा गुरुङ, अमृता गुरुङ, मेनुका गुरुङ, सुनीता गुरुङ, बुद्धप्रसाद गुरुङ, हर्क बहादुर गुरुङ, बेलबहादुर गुरुङ, इन्द्रकुमार गुरुङ,  नरेशकुमार, निता गुरुङ,  रीना गुरुङ र कविता गुरुङ, विजय गुरुङ र किशोर गुरुङलगायत रहनु भएकाे छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले संस्थालाई एकताबद्ध र सक्रिय बनाउँदै समुदायको हितमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिनु भयो । उहाँले हङकङस्थित नेपाली समुदायबीच सहकार्य, सहयोग र सामाजिक एकता मजबुत बनाउन यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । 

नवनिर्वाचित अध्यक्ष श्यामकुमार गुरुङले समाजको उद्देश्यअनुसार सेवा, सहयोग र पहिचान संरक्षणका कार्यलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  उहाँले सबै सदस्यहरूको साथ र सहकार्यबाट संस्थालाई थप सक्रिय बनाउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा हङकङ नेपाली समाजका क्रियाशिल संघ संस्थाहरुको प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

नयाँ कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना समेत बनाएको जनाएको छ।

HK