धरानमा / धरानमा पत्रकार महिलाका विरुद्व सामाजिक सञ्जाल फेसबूकमा गाली गलौज गर्ने एकजना पक्राउ परेका छन ।

असान्दर्भिक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरि चरित्र हत्या गरेको आरोपमा धरान उपमहानगर पालिका वडा नम्वर १२ बस्ने फुर्वा शेर्पालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

शेर्पाविरुद्व पिडित पत्रकार महिलाले किटानी जाहेरी दिनुभएकाे थियाे । शेर्पालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत दफा ४७(१) बमोजिमको कसुर अपराधमा इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी परेको छ ।

शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा गलत तरिकाले पोस्ट गर्दै गालीगलौज तथा अपमानजनक टिप्पणी गरि चरीत्र हत्या गरेको प्रहरीले जनाएको छ ।

सो घटनामा थप चार जना विरुद्व जाहेरी परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

इप्रका धरानका डपसपी भिषणबाबु राईले घटनामा संलग्न निशा राई, सन्देश खालिङ , अगम राई, पुर्ण तामाङलगायतको खोजी कार्य भइरहेको बताउनु भएकाे छ ।

पक्राउ परेकालाई म्याद थप गरि मुद्वा चलाउने तयारी भइरहेको छ । अरुको खोजी जारी  रहेकाे प्रहरीले जनाएकाे छ ।