धरान । सुनसरी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायम गर्नु भएकाे छ ।माटो’ चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका राईले हालसम्म ७ हजार ८१३ मत प्राप्त गर्नु भएकाे छ।
उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले ५ हजार ८७१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनु भएकाे छ । राई र तामाङबीचको मतान्तर १ हजार ९४२ रहेको छ।
त्यसैगरी नेकपाका उम्मेदवार सूर्यबहादुर भट्टराईले १ हजार ४७३ मत प्राप्त गर्नु भएकाे छ । नेकपा (एमाले) का उम्मेदवार टीकाराम लिम्बूले १ हजार २१४ मत पाउदा नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले १ हजार ९३ मत प्राप्त गर्नु भएकाे छ ।
निर्वाचन कार्यालयका अनुसार हालसम्म १९ हजार ३३० मत खसेकोमध्ये १८ हजार ३३१ मत सदर भएको छ भने ९७९ मत बदर भएको छ।

















