भोजपुर / आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाेजपुरबाट उम्मेदवारी दिएका आम जनता पार्टीका युवराज थापाले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएकाे छ।
थापाले प्रेस विज्ञप्ति जारी गर्दै एमालेका उम्मेदवार शेरधन राईलाई समर्थन गर्ने घोषणा गर्दैं उम्न्मेदवारी फिर्ता लिनु भएकाे हाे ।
थापाले देशको अस्तित्व जोगाउन, सुरक्षा निकायको मनोबल उच्च राख्न र भोजपुरको विकासका अधुरा कामहरू पूरा गर्न आफूले राईलाई समर्थन गरेको उल्लेख गर्नु भएकाे छ ।



















