धरान । ९८ वर्षिया तुलसादेवी सापकोटाबाट एमाले उम्मेदवार टीकाराम लिम्बू र समानुपातिक उमेदवार मौसम राईलाई टीका खदा र आशिष् ग्रहण गर्दै नेकपा (एमाले) ले धरान ८ का जनतासंघ भेटघाट सुरु गरेको छ ।
२०६४ को निर्वाचन बाहेक एमालेको २०४८ सालदेखि चुनाव जित्दैं आएको सुनसरी १ मा टीकाराम लिम्बूको पक्षमा जनलहर चलेको मतदाता बताउछन् । जेनजी आन्दोलन पछि एमालेले युवाको भावना बुझेर ४१ बर्षीय कानुनका ज्ञाता टीकारामलाई चुनावी मैदानमा पठाएको छ ।
फागुन ४ गतेदेखि सुरु भएको घरदैलो कार्याक्रममा युवा उम्मेदवार टीकाराम लिम्बूलाई उत्साहका साथ मतदाताहरुले स्वागत गरिरहेको निर्वाचन परिचालन कमिटीका संयोजक मञ्जु भण्डारीले बताउनु भयो ।
विहीबार वडा निर्वाचन परिचालन कार्यालय धरान ८ बाट २०४९ सालमा निर्वाचित धरान ८ नम्बर वडा अध्यक्ष रुद्रबहादुर लिम्बू, हालका वडा अध्यक्ष धनबहादुर राईलगायतले समेत उमेदवारहरुलाई माल्यार्पण गरेर सुरु टोलटोलको भेटघाटमा वडाका पार्टीका सदस्य तथा शुभेच्छुकहरुले उल्लेख्य सहभागीता जनाएका छन् । मतदाताहरु स्वय टीकाराम लिम्बूको घरदैलो कार्यक्रममा सहभागिता जनाएको पार्टीले जनाएको छ ।
मतदाताहरुको जिज्ञासामा उम्मेदवार लिम्बूले शिक्षा, स्वास्थ्य, रोजागरीका लागि सहजता बनाएर जनताको मौलिक अधिकारको सुनिश्चिता गराउने प्रतिवद्धता जनाउनु भएको छ । धरान ८ मा भए सुकुम्वासी समस्या, खहरे खोलाको बाढी नियन्त्रण, जीर्ण सभागृहको स्तरोन्नतीका लागि पहिलो प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्राथमिकता हुने उहाँले बताउनु भएको छ । प्रतिनिधि सभा सदस्यको काम कानुन निर्माण गर्ने भएता पनि जनताका अप्ठ्यारा, समस्यामा आफुसँगसँगै रहेर आगडी बढ्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।



















