धरान / धरान उपमहानगरपालिका वडा नं. ४ स्व. मनमोहन अधिकारीले सेन्टर लिएको स्थान हो । प्रजातन्त्र स्थापनाका लागि कम्प्युनिष्ट आन्दोलनका गतिविधी गर्ने र सेन्टर लिने स्थान धरान–४ स्थित हर्दिया, तेलनपुर, दानावारीलगायत स्थान मानिन्छ । २०५१ सालको नौ महिने एमालेको सरकारको नेतृत्व गरेका त्यही मनमोहन अधिकारीको सेन्टर भएको वडाका मतदाताहरुले नेकपा एमालेको उम्मेदवार टिकाराम लिम्बूलाई जिताउन अभियान सुरुवात गरेका छन् ।
वडा नम्बर ४ कमिटीले निर्वाचन परिचालन समिति गठन गर्दै निर्वाचन परिचालनका लागि कार्यालय समेत शुभारम्भ गरेको छ । विहिबार धरान वडा नम्बर ४ खैरेनीटारमा निर्वाचन परिचालन समितिको कार्यालय शुभारम्भ गर्दै एमालेले राजन चाम्लिङको संयाजकत्वमा १५३ सदस्यीय निर्वाचन परिचालन समिति समेत निर्माण गरेको छ ।
परिचालन कमिटीको नामावली घोषणा गर्दै निर्वाचन परिचालन प्रचार तथा प्रकाशन समितिकका संयोजक भीमज्वाला राईले यस वडा मतदाताहरुको सुरक्षा र एमालेप्रतिको जनताको विश्वासलाई सुरक्षित राख्ने काम निर्वाचन परिचालन कमिटीको भएको बताउनु भयो ।
परिचालन समितिका सहसंयोजकमा निकेश राई, दोर्ण कटवाल, सचिवमा भगतशेर राई र उपसचिवमा मिलन राई रहनु भएको छ । त्यस्तै सचिवालय सदस्यहरुमा गोरसमान आले, मीना तामाङ, लिलादेवी गहते, टिकामाया राई, संगीता राई, टङ्क प्रधान रहनु भएको छ ।
समितिको घोषणा लगतै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक सभामुख प्रदिप भण्डारी, उमेद्वारहरु टीकाराम लिम्बू र समानुपातिक उमेद्वार मौसम राई लगायतका नेताहरुले बोलनु भएको थियो । उहाँहरुले धरान–४ को भौतिक निर्माण, सडक विस्तारका लागि एमालेले पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।



















