धरान । एमालेका उमेद्वार टीकाराम लिम्बूलाई आफ्नै घरको आँगनमा पहिलो पटक देखिपछि धरान –१५ श्यामचोककी इन्द्रकला लावतीले सूर्यमा भोट हाल्ने प्रतिवद्धता जनाउनुभयो । लावतीले भन्नुभयो –‘उमेद्वार भनेपछि बुढो हुन्छ भन्ने थियो तर एमालेले समयको माग र जनभावना अनुसार युवा उमेद्वार बनाएको रहेछ हाम्रो भोट सूर्यलाई ।’

विहीबार विहान टोलमा पुगेका टिकाराम लिम्बूको टिम भेटेर टोलवासी उत्साही हुनु भयो । मुलुकको यो अवस्थामा  जिम्मेवार पार्टी एमालेको नेतृत्व झन आवश्यक भएको टोलका स्थानीयले जनाए । 

एमालेका उम्मेदवार लिम्बूले विहानै धरान–१५ स्थित श्याम चोकमा रहेको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गरेर घरदैलो सुरुवात गर्नु भयो । उहाँले २०५१ सालमा प्रधानमन्त्री हुँदा गरेका लोकप्रिय काम स्मरण गदैं स्व. मनमोहनले सुरुवात गरेका कामलाई निरनतरता दिने प्रतिवद्धतासमेत व्यक्त गर्नु भयो ।  

श्यामचोककै व्यवसायी रमेश राईले उमेद्वारहरु टीमाराम लिम्बू र समानुपातिक तर्फका उमेद्वार मौसम राईलाई खदाले स्वागत गर्दै जितको शुभकामना व्यक्त गर्नु भयो । एमाले धरान १५ नम्बर वडा निर्वाचन परिचालन समितिका संयोजक मोतीराज सुनुवारले आज दिनभरी जनताको घरदैलोमा आशिर्वाद ग्रहणमा उमेदवारहरुलाई वडामै केन्द्रीत गरिने बताउनुभयो । 

उमेद्वारहरुलाई जनताको घरदैलोमा लाने अभियान माघ २५ गतेदेखि २८ गतेसम्म बराहक्षेत्रमा सम्पन्न गरिएको प्रचार समितिका संयोजक भीमज्वाला राईले जानकारी दिनुभयो । 

२९ गतेदेखि धरानका विभिन्न वडाहरुमा र रामधुनीका दुइवटा वडाहरुमा जनतासँग भेटघाट गरिने राईले बताउनुभयो । सबै वडाहरुमा फागुन १८ गतेसम्म निरन्तर भेटघाट र जनतासँग अन्तरसम्वाद गरिने प्रचार संयोजक राईले बताउनुभयो ।

एमालेले युवा उम्मेदवारलाई अघि सारेकाले सुनसरी–१ मा जनलहर बढेको निर्वाचन परिचालन कमिटीको संयोजक मञ्जु भण्डारीले जानकारी दिनु भयो । विगतको एमालेको साँख जोगाउन सबै उत्साही भएर लागेकाले जीत सुनिश्चित भएको उहाँको भनाई छ । 

tika