इटहरी / “बाढीपीडित हुँदा दिदी आउनुभयो, पटक–पटक घटना हुँदा पनि दिदी आइपुग्नुहुन्छ। एक कल फोन गर्दा दिदी आउनुहुन्छ। अहिलेसम्म अरू कुन नेता आएका छन् ।”
सुनसरी क्षेत्र नम्बर ३ अन्तर्गत बर्जु गाउँपालिकाकी लक्ष्मी बुढाथोकीको यो प्रश्नले अहिलेको राजनीतिक माहोललाई प्रस्ट देखाउँछ। उहाँ थप्नुहुन्छ, “आफ्नो मान्छे आफ्नै हुन्छ। हामी छातीमा हात राखेर भन्छौँ—दिदीलाई जसरी पनि जिताएर पठाउँछौँ।”
चुनावका बेला मात्र देखिने नेताप्रति जनताको गुनासो भइरहँदा भगवती चौधरीलाई भने गाउँ–गाउँका महिलाले सधैँ साथमा रहने नेतृ को रूपमा लिएका छन्। भगवती चौधरी दिनरात जनताको सेवामा खटिएको देखेका कारण अन्य दल त्यागेर एमालेमा प्रवेश गर्ने क्रमसमेत बढ्दो छ। सुनसरी बर्जु–१ की सीताकुमारी मेहताले नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गर्नुभएको छ।
“भगवती दिदी सबैका कुरा सुन्नुहुन्छ। महिलाका हक–अधिकारका लागि उहाँले धेरै संघर्ष गर्नुभएको छ,” जेन्जी उमेर समूहकी मेहताले भन्नुभयो, “गरिब र विपन्न वर्गका लागि उहाँले गरेका कामले मलाई उहाँकै नेतृत्वमा अघि बढ्न प्रेरित गर्यो।”
अनेमसंघको जिताउ अभियान
गाउँ–गाउँमा देखिएको जनसमर्थनलाई संस्थागत गर्दै अखिल नेपाल महिला संघ ९अनेमसंघ० ले जिताउ अभियान नै सुरु गरेको छ। अनेमसंघ इटहरी अध्यक्ष रोश्नी राईका अनुसार अघिल्लो निर्वाचनमा देशभरकै उत्कृष्ट दशमा पर्नुका साथै महिलातर्फ सबैभन्दा बढी मत ल्याएर विजयी भएकी भगवती चौधरीलाई यसपटक पनि जिताउने अभियान थालिएको हो।
नेकपा एमाले महाधिवेशन प्रतिनिधि रञ्जु सिग्देलका अनुसार चौधरीले हजारौँ महिलालाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाइसक्नुभएको छ। “शहरदेखि गाउँसम्मका महिला उहाँलाई पुनः जिताउन सक्रिय छन्,” उहाँले भन्नुभयो।
संगठनभित्र बलियो पकड
नेकपा एमालेको ११औँ महाधिवेशनमा भगवती चौधरी महिलातर्फ सबैभन्दा बढी २ हजार ४४ मत ल्याएर विजयी हुनुभएको थियो। महाधिवेशन प्रतिनिधि फरिदा खातुन भन्छिन्, “देशभर उहाँप्रति त्यति ठूलो विश्वास छ भने सुनसरी–३ बाट पुनः जिताएर पठाउनु स्वाभाविक हो।”
स्थानीय रञ्जना सरदारको भनाइ अझ भावुक छ, “हामीलाई दुःख पर्दा आइपुग्ने नै उहाँ हो। उहाँलाई नजिताएर कसलाई जिताउने ?” यसैबीच ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, इटहरीकी प्रमुख ब्रह्मकुमारी शारदाले पनि भगवती चौधरीलाई पुनः विजयको शुभकामना व्यक्त गर्नुभएको छ।
विजय गच्छदारसँगको प्रतिस्पर्धा बदलिँदो जनमत
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भगवती चौधरीले नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतको अन्तरले पराजित गनुृ भएको थियो । लामो समय सुनसरीको राजनीतिमा प्रभुत्व जमाएका गच्छदार पराजित हुनु केवल व्यक्तिगत हार मात्र थिएन, त्यो परम्परागत राजनीतिक शक्तिसन्तुलन बदलिएको संकेत पनि थियो।
विश्लेषकहरूका अनुसार गच्छदारप्रति बढ्दो असन्तुष्टि, संगठनात्मक कमजोरी र जनतासँग प्रत्यक्ष सम्पर्कको अभावले उनको प्रभाव घट्दै गयो। त्यसको विपरीत भगवती चौधरीको मैदानमै बसेर गर्ने राजनीति, महिला र विपन्न समुदायसँगको निकटता तथा संकटमा तुरुन्त पुग्ने शैलीले जनविश्वास जित्दै भएको स्थानीयको बुझाई छ । गच्छदार सुनसरी–३ बाट पटक पटक चुनाव जितेर पनि स्थानीय जनताको समस्या नबुझेको उनीहरुको भनाई छ ।



















