उदयपुर / उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१, रानिटारस्थित दुधकोशी नदीमा अस्थायी फेरीमार्फत बस तार्ने क्रममा दुर्घटना भएको छ। आइतबार भएको दुर्घटनामा बस नदीको पानीमा डुबेको भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ।
स्थानीयका अनुसार फेरीबाट बस नदी पार गराउने क्रममा सन्तुलन बिग्रिएपछि बस पानीमा खसेको हो। बसमा सवार यात्रुहरू सुरक्षित रूपमा बाहिर राखेर तारिने भएकाले यात्रु सुरक्षित रहेकाे प्रहरीले जनाएकाे छ ।
घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मी घटनास्थल पुगेका छन्।



















