धरान । प्रहरी सेवामा उत्कृष्ठ काम गरेबापत धराने जनताले सिंघमको उपाधी दिएको धरान वडा प्रहरी कार्यालयका प्रमुख हाल निवृत प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्कालाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले सम्मान सहित विदाइ गरेको छ । 

यही मंसिर १ गतेदेखि तीस वर्षे प्रहरी सेवाबाट निवृत हुनुभएका खत्रीलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले खुकुरी प्रदान गर्दै सम्मान र खदा पहिरियाइदिएर विदाइ गर्नु भएको थियो । २०८० साल फागुन २७ गतेदेखि धरान वडा प्रहरीमा इन्चार्ज भएर आउनु भएदेखिनै वहाँले यातायात मजदुरहरुलाई गर्नु भएको सहयोग र साथका लागि संगठनको तर्फबाट सम्मान र विदाई गरिएको संगठनका धरान उपमहानगर अध्यक्ष किरण थापाले बताउनुभयो । 

विदाइ कार्यक्रममा आएका बसपार्कका बुकिङ मजदुर अमित लिम्बूका अनुसार वहाँले वडामा काम गरिन्जेल मजदुरहरुलाई कहिल्यै दुख नदिएको । र मजदुरहरुको एक कप चिया समेत खान इन्कार गर्नुभएको बताउनुभयो । 

संगठनको कार्यालयमा आयोजित विदाइ कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, केन्द्रीय सल्लाहकार पदम केसी, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य देवेन्द्र कार्कीलगायत बसपार्कमा काम गर्ने श्रमिकहरु सहभागी रहनुभएको थियो । 

विदाई कार्यक्रममा निवृत खत्रीले धरानको २१ महिनाको बसाईमा लागु औषध नियन्त्रणमा गर्न सफल भएको बताउनु भयो । वहाँले भन्नुभयो ७ सय जना प्रयोगकर्ता, र १ सय ५२ जना थोक विक्रेता सहित  १ लाख ५० हजार ट्याब्लेट, २ हजा २ सय केजी गाजा, १० ग्राम ब्राउन सुगर, ५० प्रति कोरेक्स, ५० प्रति एम्पुल सिरिन्ज, ७५ जना फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिइ कानुनी कारबाही गरिएको । 

त्यस्तै भन्सार छलीका सामानहरु २० लाख बराबरको सामान भन्सारमा दाखिला गरिएको वहाँले बताउनुभयो । धरान बसपार्कबाट १ सय ५० जना सडक बालबालिकाहरुलाई विभिन्न सेल्टरमा स्थानान्तर गरिएको खड्काले बताउनुभयो । वहाँका अनुसार प्रहरी सेवाबाट विदाइ हुँदै गर्दा धरानबाट निवृत हुनपाउनुले आफुलाई अति खुशी तुल्याएको खड्काले बताउनुभयो । धरान २ नम्बर वडा समतिको कार्यालय सहित करिव एक दर्जन संघसंस्थाहरुले सम्मान गरेकामा आफुलाई निवृत जीवन समेत समाजसेवामा संलग्नहुन प्रेरित गरेको बताउनुभयो ।