काठमाडौं । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका नेताहरुको निवास केन्द्रीत गरेका छन् ।
प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरेपनि प्रदर्शनकारीले अवज्ञा गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास अघि प्रदर्शन जारी रहेको छ ।
देउवा निवास बुढानीलकण्ठस्थित देउवा चोकमा र प्रचण्ड निवास खुमलटारमा प्रदर्शन गरेका छन् । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ निवास सुनाकोठीमा पनि प्रदर्शनसँगै आगजनी गरेका छन् । प्रचण्ड निवासमा मुंगामुढा भएको छ ।