धरान  / जेनजी आन्दोलनका क्रममा आज दिउसो सुनसरीको इटहरीमा पनि दुई जनाको मृत्यु भएको छ।  प्रहरीको गोली लागेर घाइते भएका ६ जनामध्ये दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

‘धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको भन्ने खबर आएको छ,’ डिएसपी योगराज खतिवडाले भन्नु भयो,  ‘घाइते चार जनाको भने उपचार भइरहेको छ।’  घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ। उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

जेनजी प्रदर्शनकारीहरूले सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आगो लगाएका थिए। त्यही क्रममा प्रहरीले गोली प्रहार गरेको थियो। प्रहरी घेरा तोडेर भित्र पसेका प्रदर्शनकारीले उपमहानगरको कार्यालयमा आगजनी गरेका हुन्।

प्रदृशसनले उग्र रुप लिए पछि सोमबार दिउँसो ३।३० बजेदेखि अर्को सूचना जारी नभैइजेल सम्म अनिश्चितकालका लागि सुनसरीको इटहरीमा  कर्फ्यु आदेश जारी भएको भएको 

सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले विज्ञप्ति जारी गरेर कर्फ्यु आदेश जारी गरेका हुन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाभित्र पर्ने देहायका चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न कुनै पनि प्रकारको भेला,जुलुस, प्रदर्शन,सभा,बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरिएको छ ।

काठमाडाैमा  १४ काे मृत्यु 

काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । 

यसैगरी, विभिन्न अस्पतालमा एक सय जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।  सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ ।  एभरेष्ट हस्पिटलमा ३४ जना उपचारत भने तीनको मृत्यु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकको मृत्यु भएको छ । त्यहाँ घाइते १६ जनाको उपचार भइरहेको छ ।

     उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।