इटहरी / जेएन जीको आन्दोलनलाई लिएर सोमबार दिउँसो इटहरीमा भएको गोली प्रहार पछि वातावरण तनावपूर्ण बनेको छ। परिस्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इटहरी उपमहानगरपालिकाका चार क्षेत्रमा अर्को आदेश जारी नभएसम्म कर्फ्यु लागु हुने भएको छ।
२०८२ भदौ २३ गते अपराह्न ३:३० बजेदेखि लागू भएको आदेशअनुसार कर्फ्यु अवधिभर सभा, जुलुस, प्रदर्शन, घेराउ वा कुनै पनि भीडभाड गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ।
गोली चलेको घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ। इटहरीको वातावरण अहिले समेत तनावग्रस्त रहेको बताइएको छ। सामाजिक सञ्जाल बन्द गरेकाे विराेधमा देशभर प्रदर्शन भइरहेकाे छ । काठमाडाैंमा पाँच जनाकाे ज्यान गइसकेकाे छ ।
कर्फ्यु क्षेत्र निर्धारण
- उत्तर : हलगडा नेपाली सेनाको व्यारेकदेखि पारहाज चौकसम्म
- पूर्व : मिलन चौकदेखि जुट विकाससम्म
- दक्षिण : अधियारा आयोग कार्यालयदेखि बसपार्कसम्म
- पश्चिम : कालिका मोडदेखि जनता बस्तीसम्म