धरान । मजदुर नेता लक्ष्मी बानियाँले आफ्नौ जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको अक्षय कोषमा दश हजार १ सय रुपैया प्रदान गरेको छ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य बानियाँले आफ्नो ५० औँ जन्मदिनको अवसरमा सोमबार रकम हस्तान्तरण गरेको हो । संगठन धरान नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई मार्फत प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष विकास चाम्लिङ राईलाई रकम हस्तान्तरण गरिएको हो । 

संगठनका केन्द्रीय अध्यक्ष राईले आफुहरु ३० वर्षदेखि मजदुर आन्दोलनका सहयात्री भएको बताउनुभयो । बानियाँ असहाय र दुःखीहरुको सहयोगमा सँधै तत्पर रहने उच्च मानवता भएको व्यक्ति भएको राईले बताउनुभयो । 

मजदुर नेता बानियाँलाई जन्मदिनको शुभकामना प्रदान गर्न कोशी प्रदेशका संस्थापक सभामुख प्रदीप भण्डारी, पूर्व सांसद जयकुमार राई, कोशी प्रदेश सभा सदस्यहरु विजय राई र रमेश बस्नेत, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, संगठनका केन्द्रीय, प्रदेश तथा नगर कमिटीका नेताहरु र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।