धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा‍ सञ्जीव शर्माले कलेजो रोगबाट पीडित रोशन राईलाई धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्ती स्थित निवासमै पुगेर चेकजाँच गर्नुभएको छ । 

आर्थिक अभावमा अस्पताल लैजान नसकेर घरमै मृत्यु कुरेर बस्नु भएका राईको अवस्थाबारे बुझ्न मुटु तथा मृगौला रोग विशेषज्ञसमेत रहनुभएको प्राडा. शर्मा उनीको घरै मै पुगेर उपचार गर्नु भएको हो । रोशन राईको उपचारकार लागि सहयोग जुटाइरहनु भएका मजदुर नेता भीमज्वाला राईका ेआग्रहमा उहाँ बस्ती मै पुगेर सेवा दिनु भएको हो । 

डा. शर्माका अनुसार उहाँको पेटमा पानी जमेको छ । उक्त पानी निकालन अस्पताल भर्ना गर्नु पर्ने उहाँले जानकारी दिनु भयो । अस्पतालमा उपचारका लागि सकेको सहयोग गरिनेसमेत उहाँले प्रतिवद्धा जनाउनु भएको छ । 

जनताको डाक्टरको उपमा पाउनु भएका प्राडा. शर्माले यसअघि कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा करिव ५० हजार बढी नागरिकको निशुल्क मृगौला परीक्षण गरिसक्नु भएको छ । केएचडिसि कार्यक्रम मार्फत गरिएको उक्त अभियानमा प्राडा. शर्मा विभिन्न जिल्लाका दूरदराजका बस्तीहरुमा पुगिसक्नु भएको छ । धरान उपमहानगरमा प्रत्येक वडामा अभिान नै चलाउनु भएको थियो । 

हामी जनताको सेवामा समर्पित डाक्डरहरुले अवस्था अनुसार काम गर्न सक्नुपर्ने बताउनुहुँदै आफु सँधै जनतासँगै रमाउने गरेको प्राडा. शर्माले बताउनुभयो । बिरामीले हिजो मात्रै रगत वान्ता गरेको र तत्काल अस्पताल लैजान सक्ने अवस्था बिरामीको नभएकाले पडा. शर्मालाई जानकारी गराउँदै सहयोगका लागि नेता ज्वालाले आग्रह गर्नु भएको थियो । 

दाउरा बेचेर श्रीमति र एक छोरी सहितको परिवारको गुजारा चलाइरहेका ४० वर्षिय रोशन राई गत बैशाखदेखि जण्डिस् र मृगौलामा पथरिया भएपछि थलोपर्नु भएको थियो । उहाँको कलेजोमासमेत समस्या रहेको छ । उहाँको कलेजो फेर्न करिव १५ लाख खर्च हुने चिकित्सकहरुले यसअघिनै जानकारी गराइसक्नु भएको छ । घर चलाउनै गाह्रो भइरहेको अवस्थामा त्यत्रो पैसा कसरी जुटाउनुहोला उनकी श्रीमति शान्ति तामाङ चिनतामा पर्नु भएको छ । 

राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पहल गरिरहेको कसैले पीडित परिवारलाई सहयोग गर्न चाहनेले शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने संगठनका केन्द्रीय अध्यक्ष समेत रहनु भएका भीमज्वाला राईले बताउनुभयो ।