धरान / केही दिन अगाडी भोजपुरको आमचोकमा चटयाङ लागेर गम्भीर घाइते भएका परिवारजनलाई आमचोक सरोकार समाज सुनसरीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आमचोक–३ निवासी ४० बर्षिय भरत राई, श्रीमती देविका र छोरी सुरक्षा तीनै जनालाई चटयाङ लागेर गम्भीर घाइते बनाएको थियो । उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
समाजका अध्यक्ष राजेन्द्र राईको नेतृत्वमा आइतबार अस्पताल नै पुगी ३ लाख ६० हजार रकम हस्तान्तरण गरिएको हो । देशविदेशमा रहेका आमचोकसँग सरोेकार राख्ने दाताहरुसँग अनुरोध गरि सहयोग रकम जुटाइएको थियो । पूर्व प्रतिनीधि सभा सदस्य जयकुमार राई, समाजका अध्यक्ष राजेन्द्र राई, उपाध्यक्षद्वय उत्तम राई, देवराज राईलगायतको उपस्थितिमा विरामीका आफन्तलाई रकम हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ससस्या भएको थियो । सहयोगले ठूलो राहत मिलेको विमारीका आफन्तहरुले बताएका छ । सहयोग गर्ने दाताहरुलाई समाजले धन्यवाद ज्ञापन गरेको छ ।
आमचोक थातथलो भई सुनसरीमा रहेकाहरुको संस्था आमचोक सरोकार समाजले आमचोकवासीको समस्यामा विभिन्न सहयोग गदैं आएको छ ।