धरान / आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको चुनाबमा अध्यक्ष पदका उम्मेद्धवार शिवराज श्रेष्ठ समुहले आफ्नो टिम सार्वजनिक गरेको छ । चुनावी प्रतिवद्धतासहित मंगलबार पत्रकार सम्मेलन गरि टिम सार्वजनिक गरिएको हो । श्रेष्ठको प्यानलले धरानको व्यापार व्यवसायलाई थप चलायमान गराउनको लागि धरान लेउती सुरुङमार्ग निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत जनाइएको छ ।
धरान बजारको व्यापार व्यवसायलाई सुरुङ मार्ग मार्फत सडक सञ्जाल जोड्दै सुस्ताएको धरानको व्यापारिक चहलपहल बढाउनको लागि सुरुङ मार्ग आवश्यक भएकाले आफुले उक्त मार्ग बनाउन नेतृत्वदायी भुमिका निर्वाह गर्ने श्रेष्ठले बताउनु भएको छ ।
यस्तै कोशीमा बन्ने किमाथङ्ंका राजमार्गको एकमात्र ड्राइपोर्ट धरानमा बनाउन पहल गरिने, पर्यटन प्रवद्र्धन गर्न हेलिप्याड निर्माण, धरानको धार्मिक पर्यटन र हेल्थ टुरिजम बढाउनेलगायत आफ्ना एजेन्डा रहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
उद्योगी व्यवसायीलाई कर सहयोग सेवा, लेखा परीक्षण सेवा, कानुनी परामर्श, बस्तुगत संघहरूको समसया समाधान, व्यवसायीहरुमा सूचनामा पँहुच पुर्याउने आफ्नो टिमको प्रतिवद्धता रहेकोउहाँले बताउनु भयो ।
शिवराज श्रेष्ठ संघमा सदस्य हुदै विभिन्न पदाधिकारी पदमा काम गरिसक्नु भएको छ । महासचिव, प्रथम उपाध्यक्ष भएर संघलाई हाकेका कारण नेतृत्वमा दावी गरेको उहाँले बताउनु भयो ।
उहाँको टिममा वाणिज्य तर्फका सदस्यहरुमा अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाँई, सीताराम आचार्य र महिला तर्फ ममता शाक्य रहनु भएको छ । त्यसैगरि उद्योग वाणिज्य तर्फ उमेश अग्रवाल, खड््ग बहादुर वस्नेत(राजु) र शिवानन्द साह छन् । एसोसिएट तर्फ राजु साह र राजेश अग्रवाल रहनु भएको छ । उहाँका टिममा चाम्लिङ र राजेश अग्रवाल यस अघि पनि नेतृत्वमा पुगेका व्यक्ति हुनुहुन्छ ।
असार ३० गते हुने संघको निर्वाचनका लागि २ हजार ९ सय ४ जनाले मतदान गर्दैछन् । एक अध्यक्षसहित २० वटा पदका लागि निर्वाचन हुदैं छ । एक महिलासहित तीन जना सदस्यहरु निर्विरोध निर्वाचित हुनु भएको छ ।
यता व्यवसायी गोपाल श्रेष्ठको नेतृत्वमा प्यानल नै चुनावी प्रतिष्पर्धामा उत्रिएको छ ।
![एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित] एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित]](https://bijaypurkhabar.com/uploads/2025/12/oli-team-560x400.jpg)


















